Skip to main content

Posts

सिन्धुलीमा केराको माग वढ्दो

१३ असोज, दसैंको चहलपहलसंगै सिन्धुलीमा केराको माग बढेको छ । घटस्थापनाका बेला ब्रत बस्ने र पुजाआजा गर्नेहरु बढी हुने हँुदा केराको माग देाब्बर भएको हो । माढीबजार ढंुग्रेबास  खनियाखर्क  खुर्कोट लगायतको स्थानमा फलफुल बेच्ने  थोक व्यवसायीहरु अहिले केराको माग बढेपछि व्यापारले गति लिँदा उत्साहित छन् । उनीहरुलाई अहिले केरा बेच्ने चटारो छ ।माग बढेकोले उनीहरुले सिन्धुलीका बिभिन्न ग्रामिण भेगहरुबाट केरा किनेर ल्याउने गरेका छन्  । पहिले दैनिक १० दर्जनको हाराहारीमा बिकि्र हुने केरा अहिले  अहिले दिनमा ३० दर्जनसम्म बिक्री हुन थालेको व्यापारीहरुले बताएका छन् । अझै माग बढ्नसक्ने अवस्था भएकोले आवश्यक प्रबन्ध मिलाइसकेको उनीहरको भनाइ छ ।

सिन्धुलीको मिठाइमा केमिकल, "खायो कि पछुतायो"

१२ असोज, जिल्ला अनुगमन समिति सिन्धुलीले अनुगमन कार्यलाई तिव्रता दिएको छ । समितिले बुधवार गरेको अनुगमनका क्रममा विभिन्न होटल तथा किराना पसलवाट गुणस्तरहिन तेल तथा अखाद्यवस्तु फेला पारेको छ । कमलामाइ नगरपालिकाको वडा नं। ६ र ९ का होटल र किराना पसलमा अनुगमन गरेको थियो । एउटा किराना पसलवाट शंकास्पद खानेतेल बरामद गरि गुणस्तर परिक्षणका लागि हेटौँडा लगिएको बताइएको छ । अनुगमनका क्रममा ५ वटा होटलवाट मिठाइमा प्रयोग गरिने हाइव्रो केमिकल वरामद गरिएको छ । उक्त केमिकल सावुन वनाउन प्रयोग गरिने क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँडाका निर्देशक कौशल ओझाले जानकारी दिनुभयो । जिल्ला अनुगमन समिति सिन्धुली जिल्ला प्रहरि कार्यालय उपभोक्ता माच सिन्धुली र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाका निर्देशक कौशल ओझाको टोलीले बजार अनुगमन गर्दा यस्तो फेलापरेको हो । अवका दिनमा यस्ता अखाद्य वस्तु प्रयोग नगर्न तथा स्वास्थ्यमा  असर पर्ने केमिकल प्रयोग नगर्न एकपटकलाइ सचेत गराइएको जिल्ल्ाा प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । साभार:  सिन्धुली दर्पण

आज घटनास्थापना, बडादशैँ नजिकिदै

आश्विन ११, हिन्दु नेपालीहरुको महान चार्ड  बडा दशैँ आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै ।  घटस्थापना गर्ने शुभ सहित  आज विहान १० बजेर  २७ मिनेटमा रहेको नेपाल पंचांग निर्णयक समितिले जनाएको छ । आज हिन्दु धर्मावलम्वीहरुले आ आफ्नो  पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।

आचार्य

आश्विन १०, गायक तथा संगीतकार भक्तराजराज आचार्यको जीवनकथामाथि निर्माता रोशन राईले निर्माण गरेको चलचित्र 'आचार्य'को गत बुधबार विशेष प्रदर्शन गरियो । आज शुक्रबारदेखि देशभर सार्वजनिक हुने उक्त  चलचित्रका निर्देशक प्रशान्त रसाइली हुन् । निर्देशक रसाइली बलिउडका अब्बल निर्देशक अनुराग वासुका मुख्य सहायक निर्देशक पनि हुन् । उनी ऋतिक रोशनद्वारा अभिनित चलचित्र 'काइटस्'मा निर्देशक  वासुका मुख्य सहायक थिए । सिक्किमका निर्माता तथा निर्देशकको प्रयासबाट निर्माण भै प्रदर्शन हुन लागेको उक्त चलचित्रलाई शैलेन्द्र कार्कीले खिचेका हुन् ।

नगर क्याम्पस स्तरीय खुल्ला गजल प्रतियोगिता सम्मपन्न

असोज ६ , विजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा गजल सरोवर सिन्धुली तथा शिद्घज्योति शिक्षा क्याम्पसद्वारा आयोजित नगर क्याम्पस स्तरीय खुल्ला गजल प्रतियोगिता आज सिन्धुलीमाढीको श्री जनज्योति उच्च मा. वि. फोस्रेटारमा सम्मपन्न भएको छ । उक्त आयोजित कार्यक्रममा  सभापतिका रुपमा  शिद्घज्योति क्याम्पसका विद्यार्थी  संझना भ्लोन हुनुहुन्थ्यो भने प्रमुख अथितिका रुपमा उक्त श्री जनज्योति उच्च मा.वि फोस्रेटारका प्राचार्य भीम विक्रम थापा हुनुहुन्थ्यो, कार्यक्रम संचालकमा शिद्घज्योति शिक्षा क्याम्पसका गजल सरोवरका अध्यक्ष्य रामकुमार पोखरेल र त्यसै गजल सरोवर सिन्धुलीका अधक्ष्य बरुण लामिछानेको पनि उपस्थित थियो । 

'सबै दुखाइ मुटुको समस्या होइन'

काठमाडौ, आश्विन ३ -  कान्तिपुर पब्लिकेशन मा सोमबार स्वास्थ्य शिविरमा  संलग्न नर्भिक अ स्पताल्का चिकित्सक टोलि   तपाइ, तपाईंको परिवार वा छिमेकमा हृदयाघातको लक्षण देखिए तुरुन्त दुई चक्की दुखाइ नाशक 'एस्पि्रन' खाएर अस्पताल जान चिकित्सकहरूले सल्लाह दिएका छन् । यसो गरे हृदयाघातबाट बाँच्ने सम्भावना २५ प्रतिशतले बढ्ने उनीहरूले बताएका हुन् ।'तपाइ आफूलाई नभए छिमेकीलाई सहयोग गर्न घरमा दुखाइ नाशक एस्पि्रनको चक्की राख्नुस्,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. भारत रावतले कान्तिपुर पब्लिकेसन्समा मुटुरोगबारेको प्रवचनमा भने- 'यो अति सामान्य कुरा भए पनि धेरैको ज्यान जोगाउन सक्छ ।' हृदयाघातको लक्षण देखिए जति छिटो सुविधासम्पन्न अस्पतालमा पुग्ने पहिलो प्राथमिकता भए पनि यो समस्या आउन नदिने जीवनशैलीमा परिवर्तन भने महत्त्वपूर्ण रहेको उनले बताए ।

सिँधुलीगडी : फिरंगी हटाई लुटिपीटि चाँडो

जगदीश घिमिरे- सिँधुलीमा फिरंगी आइलाग्दा असोज १५ नेपाली इतिहासको एक गौरवमय दिन हो। संवत् १८२४ साल असोज १५ गतेको दिन सिँधुलीमा फिरंगी आइलागे र तिन्लाई गोर्खाली सेनाले हराएर भगाए। फिरंगीलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली राजा पृथ्वीनारायण शाहलाई हराउन हारगुहार गरेर बोलाएका थिए। गोर्खाली सेनाले फिरंगी सेनालाई सिँधुलीगडीको दक्खिन मुहुडाको ठाडो उकालाका अक्करहरूमा भएको युद्धमा हराएर भगाए। त्यसको ४७ वर्षसम्म फिरंगीले मुन्टो उठाएर नेपालतिर हेर्ने आँट गरेन।