Skip to main content

Posts

Showing posts from March, 2012

सम्झौता सार्वजनिक गर्न माग

चैत्र , १७ , सिन्धुली  उदयपुर ÷उदयपुर र सिन्धुलीका खानी पिडित हरुले चुनढुंङ्गा उत्तखनन् गर्दा  सरकार संग भएको सम्झौता तक्ताल स्थानीय संयन्त्रमा सार्वजनिक गर्न माग गरेका छन् । शुक्रवार कटारीमा पत्रकार सम्मलेन गर्दै पिडित हरुले सम्झौता सार्वजनिकको माग गरेका हुन् ।  सिराहाको चन्द्रोउदयपुर स्थित मारुती सिमेन्टका लागि चुनढुंङ्गा ढुवानी गर्ने  ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सनको शाखा कटारी ,१ ,देवीधाप द्धारा सञ्चालित ट्रिप्पर हरुले सडक क्षमता भन्दा वढी चुनढुंङ्गा वोकेकै कारण कटारी मिर्चैया सडक खण्ड जीर्ण वनेको , मानवीय तथा वातावरणीय असर वढेको भन्दै आन्दोलित पिडित हरुले आन्दोलनका लागि २३ सदस्यिय मुल समिति समेत गठन गरेका छन् ।

गजल

– गोपी थापामगर (विरही) तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन साथ दिन्छु भनि तिम्रो हात समाउदा व्यर्थमा गोपीले मेरो जवानी लुट्यो नभन अन्माएर तिमीलाई मेरो घरमा ल्याएपछि एक महिनामै गोपीले कुट्यो नभन साउनको सिमसिम झरीमा रुझ्दा पनि झुक्याएर मलाई असिनाले चुट्यो नभन तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1IsmeKWHOqMdeC_O2crsZWBS1hMhUy12BWhElLgyMf51VfJ1fz2xcP75ORelXdh_y-eFV5LHgUTHhLa4KsSYyRHTAq_gdo5t92ZaHZmMdd2kSau8m_wg2ov6BIUGH-xRTQsECpHEbXLs/s0/background.png

आजबाट शैक्षिक आमहड्ताल

फागुन २८, सिन्धुली शिक्षकहरुले आफ्नो माग वेवास्ता गरेको भन्दै आमहड्ताल गरेकै दिन सिन्धुलीको एक कार्यक्रममा शिक्षामन्त्रि दीनानाथ शर्माले सरकारलाई असफल बनाउनका लागी शिक्षकहरुले आन्दोल जारी राखे परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । आफ्नो अधिकारका लागी शिक्षकहरुले विद्यार्थीहरुको भविष्य माथि भकुण्डो खेलेको हारोप शिक्षामन्त्रि शर्माले लगाए । शिक्षकहरु प्रति निकै आक्रमक बनेका मन्त्रि शर्माले शिक्षकहरुले आन्दोलनका कारण एसएलसी दिने तयारीमा रहेका साँढे पाँचलाख भन्दा बढि विद्यार्थीलाई एक वर्ष पर धकल्ने काम भएमा भएका सुविधा पनि कटौती हुँदै जाने उदे्घोष गरे ।

ट्रान्समिसन विवाद मिलाउन समिति

फागुन २७, सिन्धुली  स्थानीयबासीको अवरोधपछि निर्माण प्रभावित भएको खिम्ती ढल्केबर ट्रान्समिसन लाइन निर्माणबारे शुक्रबार पीडित पक्ष र उर्जा मन्त्रालयबीच वार्ता भएको थियो । वार्तामा दुवै पक्षबीच एउटा प्राविधिक टोली निर्माण गर्ने सहमति भएको छ । आगामी चैत्र १२ गतेभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने र त्यो प्रतिवेदन दुवै पक्षले मान्ने गरी प्राविधिक टोली गठन गरिएको मन्त्रालयले जनाएको थिए । उर्जा मन्त्रालयका सह–सचिव अनुप उपाध्यायको नेतृत्वमा गठित उक्त समितिमा प्राधिकरण सञ्चालक सदस्य कृष्णप्रसाद दुलाल र प्राधिकरणकै गणेशप्रसाद राज छन् । सिन्धुलीमाढीका स्थानीयबासीको अवरोधपछि नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर ट्रान्समिसन लाइन निर्माण प्रभावित हुँदै आएको छ । 

सवारी दुर्घटना न्यून गर्न सिन्धुलीमा ट्रफिक सप्ताह सुरु

फागुन २७ , सिन्धुली  सवारी दुर्घटना न्यून गर्न हिजोदेखि ट्रफिक सप्ताह सुरु भएको छ । सवारी धनी तथा यात्रु र सर्वसाधारणलाई ट्राफिक चिन्हहरुको जानकारी दिंदै सिन्धुलीमा पनि ट्राफिक सप्ताहका अवसरमा विविध कार्यक्रमहरु सुरु भएका छन् । सिन्धुली ट्राफिक प्रहरीले पर्चा, पम्लेट तथा माइकिङमार्फत ट्राफिक नियमको बारेमा जानकारी गराइरहेका छन् । आगामी चैत २ गतेसम्म मनाईने टा«फिक सप्ताहअन्र्तगत जिल्लाका ग्रामिण सडक भएका ठाउँहरुमा समेत चेतनामूलक कार्यक्रम गरिने सिन्धुलीका टा«फिक प्रमुख ऋद्धि बहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनाबाट बचौँ र बचाऔँ , तँपाईको सुरक्षा हाम्रो सरोकार लगायत सन्देशमुलक नाराहरु लेखिएको पर्चा, पम्लेट बाडेर ट्राफिक नियमको बारेमा सचेतना जगाईरहेका छन् ।
गजल –गोपी थापामगर (विरही) तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन साथ दिन्छु भनि तिम्रो हात समाउदा व्यर्थमा गोपीले मेरो जवानी लुट्यो नभन अन्माएर तिमीलाई मेरो घरमा ल्याएपछि एक महिनामै गोपीले कुट्यो नभन साउनको सिमसिम झरीमा रुझ्दा पनि झुक्याएर मलाई असिनाले चुट्यो नभन तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन जोस चल्दा होस गुम्छ रक्सी पिउदा मात लाग्छ सत्य के हो ? थाहा छैन् खाली जिन्दगीमा घात लाग्छ

आजदेखि पाँचौं राष्ट्रिय कृषि मेला

फागुन २६ राजधानीमा आजदेखि पाँचौं राष्ट्रिय कृषि मेला सुरु हुँदै छ । भृकुटीमण्डपमा हुने मेलाको दिउँसो १ बजे प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुहुने कार्यक्रम छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीरण गर्ने सीप र ज्ञान दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले मेलाको आयोजना गर्न लागेको हो । विभिन्न स्थानीय खानाका परिकार, अर्गानिक फलपूmल तथा तरकारी, मह, कफि लगायतका वस्तुहरू मेलामा राखिने आयोजकले जनाएको छ । मेलाको झन्डै ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

उ.मा.वि. फोस्रेटारमा तालाबन्दी

फागुन २६, सिन्धुली सिन्धुलीको जनज्योति उच्च माध्यामिक विद्यालयका जेटिएमा अध्यनरत विद्यार्थीहरुले आज विद्यालयमा ताला लगाएका छन् । विद्यालयले शैक्षिक भ्रमण जानको लागि ६० हजार दिने निर्णय गरेपनि ३० हजार मात्रै दिएपछि विद्यालय बन्द गरेका हुन् । मागको सुनुवाई नभए विद्यालयको सम्पूर्ण पठनपाठन ढप्प पार्ने विद्यार्थीहरुले बताएका छन् ।

Listen Nepali Online F.M. ~ Nepali Online Live Radios

हजुरहरुलाई मन परेको अथवा मन पर्ने F. M. वा रेडियो को नाममा Click गर्नुहोस् अनि सुन्नुहोस्  आनन्द लिनुहोस् , नेपाली F .M. को प्रत्यक्ष प्रसारण...। BBC   नेपाली सेवा Kantipur F.M. Ujyaalo 90 Network

आज विश्व मिर्गौला दिवस

फागुन २४  ‘मिर्गौला र जीवन’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस, नेपाललगायत विश्वभर मनाइँदै छ । नेपालमा मिर्गौला रोगको पहिचान र समाधानका उपायबारे विभिन्न विषयमा गोष्ठी, सभा, समारोह गरेर यो दिवस मनाइँदै छ । मधुमेह र उच्च रक्तचापबाट पीडित हुनेहरुको संख्या बढ्दै गएकोले मिर्गौला रोगीको संख्या पनि नेपालमा बढ्दै गएको चिकीत्सकहरुको भनाईछ । नेपालमा बार्षिक झण्डै दुई हजार पाँच सयदेखि तीन हजार जनासम्म मिर्गौला रोगीहरुको संख्या थपिदै गएको तथ्याङ्क छ ।  मिर्गौला रोगबाट बच्न नियमित व्यायाम गर्न, प्रोटिनयुक्त खाना कम खान र नियमितरुपमा मिर्गौला जाँच गराउन चिकीत्सकहरुले सुझाव दिने गरेका छन् ।

आज तराईका जिल्लाहरुमा होली मनाइदै

फागुन २४  रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइदैछ । एकआपसमा रङ्ग र अबीर  लगाएर तराईका जिल्लामा बसोबास गर्ने नागरिकले आज होली पर्व मनाइरहेका छन् । मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउन साथीसङ्गी, आफन्तजनसँग मुख्यगरी रङ्ग तथा अविर लगाउने प्रचलन छ । दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भसम भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर दलेर खुसीयाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ ।

१०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २४  आज मार्च ८ अर्थात १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगात विश्वभर बिभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ग्रामीण महिलाको सशक्तिकरण, भोक र गरिबीको न्यूनीकरण भन्ने तय गरिएको छ । नेपालमा भने महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाइदैछ । अमेरिकाको न्युयोर्कको कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम, कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० मार्च ८ बाट यो दिवस मनाउन थालेका हुन् । 

सिन्धुलीका एक्काइस परीक्षा केन्द्र नमुना हुने

२४ फागुन, सिन्धुली  गत वर्षको एसएलसी परीक्षामा गौमती नमुना उच्च मावि परीक्षा केन्द्रलाई मात्र नमुना बनाएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले यो वर्ष जिल्लामा परीक्षा हुने एक्काईस परीक्षा केन्द्रलाई नमुना बनाउने जनाएको छ । चैत्र ७ गते देखी संचालन हुने एसएलसी परीक्षा ०६८ को लागी एक्काइस केन्द्रबाट एसएलसी परीक्षा संचालन गरिने निर्णय एसएलसी परीक्षा समन्वय समितीले निर्णय गरेको छ । समितिले यस वर्ष सबै परीक्षा केन्द्र बनाउने समेत निर्णय गरेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले बताए । गत वर्ष सदरमुकाममा रहेको गौमति मावि परिक्षा केन्द्रलाई मात्रै नमुना परीक्षा केन्द्रको रुपमा एलएलसी परीक्षा संचालन गरिएको थियो । नमुना परिक्षा केन्द्रमा परीक्षा संचालन गर्ने केन्द्राध्यक्ष अध्यक्ष देखी सुरक्षाकर्मीसम्म सवै महिलाले गौमति परिक्षा केन्द्रमा परीक्षा संचालन गरेका थिए ।

Ujyalo 90 Network F.M.

Ujyalo 90 Network FM  प्रत्यक्ष सुन्नुहोस । हजुरले प्रयोग गरिरहनु भएको इन्टरनेटको स्पिड अनुसार FM बज्न केही समय लाग्ने हुदाँ एकछिनै कुर्नुहोला । बज्दा बज्दै रोकिएमा Play Button मा क्लिक गर्नुहोला । यदि त्यसो गर्दा नि Play नभएमा Refresh Button मा क्लिक गर्नुहोला ।

Kantipur F.M.

Kantipur F.M.  प्रत्यक्ष सुन्नुहोस । हजुरले प्रयोग गरिरहनु भएको इन्टरनेटको स्पिड अनुसार FM बज्न केही समय लाग्ने हुदाँ एकछिनै कुर्नुहोला । बज्दा बज्दै रोकिएमा Play Button मा क्लिक गर्नुहोला । यदि त्यसो गर्दा नि Play नभएमा Refresh Button मा क्लिक गर्नुहोला ।