Skip to main content

Posts

Showing posts from October, 2012

२१ हजारमै गुगल र सामसुङको ल्यापटप -क्रोमबुक

 टेक्नोलोजीको दुनियाका दुई ठूला कम्पनी गुगल र सामसुङले मिलेर नयाँ ल्यापटप बनाएका छन् । जसको नेपली मूल्य २१ हजार रहने छ, जुन अहिले सम्मकै सस्तो ल्यापटप रहेको छ | प्रतिद्वन्द्वी माइक्रोसफ्टलाई कडा चूनौति दिँदै गुगगले सामसुङसँग मिलेर सामसुङ ‘क्रोमबुक’ बजारमा ल्याएको छ । माइक्रोसफ्टलस सर्फस ट्याबलेट लन्च गर्नुअघि गुगलले ‘क्रोमबुक’ ल्याएर ‘द कम्प्यूटर फर बन्ली बन’ भनेको छ | ११ दशमलव ६ इन्च स्क्रीन साइजमा रहेको क्रोम बुक निकै आकर्षक छ । क्रोम बुकमा सामसुङको एआरएम कोर्टेक्स ए १५ प्रोसेसर दिइएको छ भने २ जीबी र्‍याम र १६ जीबीको फ्ल्यास स्टोरेज पनि छ । धेरै यात्रा गर्ने र भिडियो च्याटिङको शोखिनहरुका लागि यो निकै उपयुक्त हुनसक्छ,

मोबाइल इन्टरनेट च्याटको मज्जा:बिनु

अनलाइन युजरहरूमा कुराकानी गर्ने विभिन्न माध्यमहरूको माग भइरहेका वेला प्रतिस्पर्धा पनि बढिरहेको छ । नेपाली इन्टरनेट प्रयोगकर्ताका बीचमा विभिन्न मोबाइल एप्लिकेसन र सफ्टवेयरहरू रुचिमा परेका छन् । फेसबुक च्याट, ट्विटर र मिगजस्ता मोबाइल एप्लिकेसनहरूले सोचेभन्दा बढी सफलता पाइरहेका वेलाका अर्को मोबाइल सफ्टवेयर बिनु अहिले चर्चाको विषय बनेको छ । यो एप्स चर्चाको विषय बन्नुमा पनि थुप्रै कारणहरू रहेका छन् । सन् २००८ को सेप्टेम्बरमा बिनु प्रालि डेभ टर्नल र गौर लेन्टेलद्वारा स्थापित भयो । त्यसपश्चात् उनीहरूको निकै लामो अनुभव र विगतको सफलताले बिनु एप्लिकसेन चल्यो । के हो बिनु ? बिनु एउटा मोबाइल इन्टरनेट सफ्टवेयर हो जसबाट अन्य थुप्रै्र सामाजिक सञ्जालका साइटहरू र एप्सहरू चलाउन सकिन्छ । साथसाथै थुप्रै आकर्षक विशेषताको सुविधा उपयोग गर्न पाइन्छ । अहिले विश्वभर आधाभन्दा बढी मानिस मोबाइल प्रयोग गर्छन्, तर त्यसको पनि आधाजतिले मात्र कम्प्युटर प्रयोग गर्छन् । तसर्थ बिनुले मोबाइलमै सस्तो,

घरैवाट भर्न सकिन्छ डिभी चिठ्ठा

 नेपाली युवाको मन मष्तिष्कमा अहिल्य एउटै विषयले डेरा जमाएको छ त्यो हो (ELECTRONIC DIVERSITY VISA)   डिभी चिठ्ठा । साधारण व्यक्तिदेखी  उच्च पदस्थ व्यक्तिहरुले समेत अमेरिका जाने सपना वोकेर डिभी चिठ्ठा भर्ने गरेका छन् । गएको अक्टोवर २ ताखिरदेखी आउदो नोभेम्वर ३,२०१२ सम्म सन् २०१४ को लागी डिभी कार्यक्रम अनलाईन मार्फत खुल्ला गरिएको छ । यहि डिभीको नाममा बजारमा धेरै सघंसस्थाले अहिल्य नै पैसा कमाउने समय भन्दै मौकामा चौका हानिरहेका छन् । डिभी भर्नको लागी कुनै शुल्न तिर्न नपर्ने भएपनी चर्को शुल्क असुरलिरहेका  छन् । काठमाण्डौ उपत्यकामा एकसयदेखी ३ सय रुपैयाँ सम्म शुल्क लिने गरेको डिभी भरेर फर्किनेहरु वताउछन् । त्यस्तै काठमाण्डौ भन्दा वाहिरका जिल्लाहरुमा पाचँ रुपैयाँ सयसम्म लिने गरेको वताईएको छ । अनलाईनमा पैसा तिर्नुपर्छ, ईन्टरनेट खर्च लाग्छ, कम्प्युटरमा लामो समय काम हुन्छ भन्दै चर्को शुल्य लिने गरेको पाईएको छ । त्यसो त डिभी भर्न इच्छुक मानिसहरुमा पनी एउटा ठुलो भ्रमले जरा गाडेको छ त्यो हो आफैले भर्न सकिन्न, त्यस्ता सस्थाहरुमा भरेका डिभी मात्रै मान्य हुन्छ  । त्यस्ता सोचाई र मानसिकता भ्रम मात्रै

विन्डोजतर्फ एन्ड्रोइड

सन् २०१३ भित्र विन्डोज ८ अपरेटिङ सिस्टमका स्मार्टफोन र ट्याबको प्रयोग अत्यधिक भयो भने आश्चर्य नमाने हुन्छ । डेस्कटप र ल्यापटप बजारमा एकछत्र राज गरेको माइक्रोसफ्टले 'विन्डोज ८' अपरेटिङ सिस्टम ल्याएपछि यसको प्रयोग भएको स्मार्टफोन र ट्याब लगातार सार्वजनिक भइरहेका छन् । बजारमा केही वर्षदेखि गुगलको एन्ड्रोइड र एप्पलको आईओएसको प्रभुत्व छ । एन्ड्रोइड धेरै कम्पनीले प्रयोग गरेका छन् भने आईओएस एप्पलले आफ्नै उत्पादनमार्फत ल्याएको छ । यी दुई ओएस भएको स्मार्टफोन र ट्याबको बढ्दो व्यापारले उनीहरू निकै अगाडि बढे । र, चर्चा पनि पाए । पछिल्लो समय डेस्कटप र ल्यापटपमा सीमित माइक्रोसफ्टमा अर्को सेगमेन्टको बजारमा पनि हिस्सा बढाउने आशा जन्मिएको छ । केही समय अगाडि जर्मनीको बर्लिनमा भएको कन्ज्युमर इलेक्ट्रोनिक ट्रेड फेयरले विशेष गरी एन्ड्रोइडलाई चिन्तित तुल्याएको हुनुपर्छ । त्यस मेलामा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिरहेका कम्पनीहरूले मेलामा धमाधम विन्डोज ८ ओएस भएको स्मार्टफोन र ट्याब सार्वजनिक गरे । र, यो क्रम रोकिएको छैन ।

फेसबुकको गिफ्ट

दसैं नजिकिँदै छ, चाडपर्व मनाउन पक्कै एक कदम अगाडि सर्छौं । चाडपर्वमा उपहार अपेक्षा धेरैले गर्छन् र आदानप्रदान पनि प्रशस्तै हुने गर्छ । त्योभन्दा बढी हुने गर्छ, सोसल नेटवर्क शुभकामनाको साटासाट । चाडपर्वमात्र किन ? कुनै पनि अवसरमा उपहारले ठूलै महत्त्व राख्ने गर्दछ । प्रविधिले फड्को मारिसकेको छ । सोसल नेटवर्कबाट शुभकामनाका साथै उपहार नै साट्न पाए झनै राम्रो । यस्तै गिफ्ट साट्ने सुविधा फेसबुकले केही अगाडि सुरु गरेको थियो । फेसबुकमा कसैसँग केही माग्दा तुरुन्तै पाइन्थ्यो । तर गिफ्ट पाउनेहरू जिल्ल पर्थे । किनकि ती फेसबुकका गिफ्ट भर्चुअल हुने गर्थे । फेसबुकको यही भर्चुअल गिफ्ट धेरैलाई रमाइलो पनि लाग्यो । अब फेसबुकले भर्चुअल होइन वस्तुगत रूपमै गिफ्ट आदानप्रदानको सेवालाई थपेको छ । प्रयोगकर्ताले आफ्नो फेसबुक नेटवर्कमा रहेकालाई गिफ्ट पठाउन सक्नेछन् । फेसबुक नेटवर्कबाट गिफ्ट पठाउँदा, व्यक्तिले भर्चुअल कार्ड पाउने छन् । भर्चुअल कार्डमा गिफ्ट पाउने -पुग्नुपर्ने) ठेगाना भरेर उपहार प्राप्त गर्न सकिन्छ । गिफ्ट प्राप्त गर्न सकिन्छ ।

हनुमानजस्तै बलवान सातवर्षे बाला

चीनका एक सात वर्षीय बालक आफ्नो अद्भुत क्षमताका कारण अहिले विश्वभरी नै चर्चित बनेका छन् । चीनको चुझहाउका बासिन्दा यांग जिन्लोङ साँच्चीकै सेलिब्रेटी बनेका छन् ।सात वर्षमै ५० किलो तौल भएका यी बालक साँच्चीकै हनुमान जस्तै बलवान छन् । यिनले आफ्ना बुवाले चढ्ने गरेको कार सजिलैसँग तानेर गुडाउँछन् । अन्नले भरिएका ठूला ठूला बोरा समेत सजिलै उचालेर काँधमा राख्छन् । पावरहाउस नामले चर्चित यी बालक निकै बलशाली छन् । हालै उनले आफ्नो सरीरमा रस्सीले बाँधेर १.८५ टन वजन भएको भ्यानलाई सडकमा लतारे ।