Skip to main content

Posts

Showing posts from November, 2012

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

घुस खाने सरकारी वकिल निलम्बित

महान्यायाधीवक्ताको कार्यालयले घुस खाने सरकारी वकिल राजेन्द्रबहादुर बस्नेतलाई हिजो निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागमा अनुसन्धान अधिकृत बस्नेत विरुद्ध एक समूहले छद्म भेषमा गोप्य भिडियो क्यामेरा जडान गरी घुस लिएको दृश्य खिचेको थियो । त्यो सार्बजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनलाई निलम्बन गरेको छ । उक्त कार्यालयका प्रवक्ता युवराज सुवेदीका अनुसार बस्नेतमाथि छानबिन गर्न सहन्यायाधीवक्ता विनोद पोखरेलको अध्यक्षतामा एक सदस्यीय छानबिन समिति पनि गठन भएको छ । बस्नेतमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले अख्तियारलाई पत्र पनि लेखेको सुवेदीले बताए । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिद्वारा सात दिनको म्याद थप  मुख्य तीन दल र मधेसी मोर्चाको आग्रहमा राष्ट्रपति डा. रामबरण यादवले सहमतीय सरकार गठनका लागि पुनः सात दिन थप गर्नुभएको छ । राष्ट्रपतिले दिएको समयभित्र सहमतीय सरकार निर्माणका लागि दलहरु असफल भएपछि रष्ट्रपतिले थप समय उपलब्ध गराउनुभएको हो । हिजो बेलुका मुख्य दलका शीर्ष नेताले राष्ट्रपतिलाई थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।

हात्तीले कुल्चिँदा २ जनाको ज्यान गयो

मंगसिर १५ गते बाराको सपही गाविस ७ मा हिजो राती जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । सपही ७ का ३० वर्षिय सुदर्शन चौधरी र ७० वर्षिय सुरज चौधरीको ज्यान गएको हो । गाँउ नजिकैको जंगलबाट हिजो राती पौने १० बजे वस्तीमा पसेको जंगली हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउनका लागि भाग्ने क्रममा हात्तीले कुल्चिदा उनीहरुको ज्यान गएको हो । ३ दिन अघिपनि सपहीमै हातीकै आक्रमणबाट दुईजना महिलाको ज्यान गएको थियो ।

सुन्तला खेतीबाट सोचेभन्दा बढी आम्दानी

मंसिर १३ उदयपुरको ओख्ले गाविस वडा नं. ८ का तोपबहादुर ठकुरीले सुन्तला खेतीबाट सोचेभन्दा बढि आम्दानी गर्नुभएको छ  । ४२ बर्षिय ठकुरीले आप्mनै ११ रोपनी जग्गामा गरेको सुन्तलाखेतीबाट यो बर्ष ७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएको हो  । सुन्तलाको बोटमा पातलो फल देखिए पनि ठूलो दाना फलेकोले बढी आम्दानी पाएको उहाँले बताउनुभयो ।  २०६२ सालतिर तीनसय सुन्तलाको विरुवा रोपेर सुन्तला खेती सुरु गर्नुभएका उहाँले ६६ सालदेखि आम्दानी गर्न थालेको बताउनुभयो । कार्तिकदेखि अहिलेसमम उहाले सुन्तला गाउँमा २७ रुपैयाँ प्रति केजीको दरले चारलाख ५० हजारको बिक्री गरिसकेको बताउनुभयो । ठकुरीको बगानमा सुन्तलाका साथै, जुनार, कागती र अनारलगायत फलफुल छन् ।  स्रोत : सिन्धुली दर्पण 

हर्के हल्दार - मङ्सिर १० गते

पछिल्लो समयमा आएर धेरै चर्चामा रहेको हास्य टि.भी. कार्यक्रम हो हर्के हल्दार यो कार्यक्रम प्रत्येक आइतवार बेलुका ७.३० बजे कान्तिपुर  टेलिभिजनमा हेर्न सकिन्छ । यो टि.भी. कार्यक्रम  हेर्न छुटेकोमा छिन्ता नलिनुस अब अनलाइनमा पनि हेर्न सकिन्छ । 

सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै

मंसिर १२ सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै गएको छ । सदरमुकाममा मात्रै करिव एक दर्जनको हाराहारीमा चटपटे व्यवसायीहरु छन् भने सदरमुकाम वाहिर पनि प्रत्येक टोलटोल तथा चोकचोकमा यो व्यवसाय गर्नेहरु उत्तिकै छन् । सिन्धुली माडिवजारमा विगत २० वर्षदेखि चटपटे व्यवसाय गर्नेहरु अहिले पनि सोहि व्यवसायमा तल्लिन छन् । माडिवजारको वस काउन्टर नजिकै, शान्तिनगरचोक, रातमाटा, २ नम्वर वजार, माझिटार, ढुंग्रेवास, मिलनचोक, पानीट्यांकी, धुरावजार देखि गाविसका प्रत्येक टोलटोलमा समेत चटपटे व्यवसाय सुरु भएको छ । चटपटे व्यवसायवाट मासिक १० देखि १५ हजारसम्म आम्दानि हुने गरेको केहि चटपटे व्यवासायिहरुको भनाई छ । यहि व्यवासयवाट परिवार पालेर पनि सदरमुकाममा जग्गा किनेको चटपटे व्यवसायी धु्रव शाहले वताउनुभयो । अमिलो पिरो प्राय सवैले मन पराउने हुनाले चटपटेमा सवैको ध्यान जान्छ ।  तर त्यसमा प्रयोग गरिने केहि सामानहरुले स्वास्थ्यमा पनि उत्तिकै असर गर्ने भएकाले त्यस्ता वस्तुहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको भनाई छ । साथै चटपटे व्यवासायिहरुले सरसफाईमा ध्यान दिनुपर्ने उपभोक्ताहरु वताउँछन् । त्यस्तै सर्लाही ईश्वरपुरकी एक मह

नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड

मंसिर १२ नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड ६५ लाख पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क बिभागले नेपालमा महिला करिब एक करोड ३६ लाख अर्थात ५१ दशमलव ५० प्रतिशत र पुरुषको जनसङ्ख्या करिब एक करोड २९ लाख  अर्थात् ४८ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । राष्ट्रिय योजना आयोग सिंहदरबारमा हिजो आयोजित एक कार्यक्रमका बीच प्रधानन्त्री डा बाबुराम भट्टराईले २०६८ सालमा लिइएको जनगणनाको प्रतिबेदन सार्वजनिक गर्नुभएको हो । लैङ्गिक अनुपातको आधारमा प्रति १ सय महिलामा पुरुषको सङ्ख्या ९४ दशम्लव एक ६ रहेको छ । २० ५८ सालमा लिइएको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको थियो । सार्बजनिक गरिएको प्रतिबेदन अनुसार नेपालका वार्षिक जनसङ्ख्या बृद्विदर १ दशम्लव तीन पाँच प्रतिशत रहेको छ । सबैभन्दा धेरै जन सङ्ख्या काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा ६ हजार ५ सय ३८ रहेको पनि प्रतिबेदनमा उल्लेखछ । भौगोलिक क्षेत्र अनुसार भने तराईमा सबैभन्दा बढि ५० दशम्लव दुई सात अर्थात १ क

सिन्धुली मरिण खोलाको पुल अलपत्र

सिन्धुली, मसिंर १२ ।  नेपाल सरकारले वैकल्पीक राजमार्गको रुपमा महत्व दिएर निर्माण भैरहेको हेटौडा–सिन्धुली–गाईघाट–धरान चतरा सडकमा पर्ने सिन्धुलीको डाडीगँुरासे गाविस जोड्ने पक्की पुल निर्माण थालेको तिन वर्ष भैसक्दा पनि अझै निर्माण कार्य सम्पन्न भईसकेको छैन । ठेकेदारको लापरवाहीको कारण पुल निर्माणमा ढिलाई भएको स्थानिय वासिन्दाहरुले गुनासो गरेको छन् । सो पुल जाइका नेपालको ४ करोड सहयोगमा निर्माण थालीएको हो । सिन्धुली सदरमुकामलाई जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने एक मात्र महत्वपुर्ण पुल हो । सो पुल निर्माण पछि वर्षादमा पनि डाडीगुराँसे,हादेवस्थान तथा कपिलाकोट गाँउ विकास समिती सम्म करिव २० किलोमिटर सहजै यातायातका सधानको पहुँच पुग्ने छ ।  डाडीगाविसको मरिण खोलामा २०६७ मंसिर देखी सगरमाथा–रौताहा–घिमिरे जेभी कन्स्ट्रक्शनले काम गर्न थालेको हो । ०६९ साल जेठ मसान्त सम्म नेपाल सरकारलाई वुझाई सक्नु पर्ने पुलको काम चालिस प्रतिशत पनि भएको छैन । सो पुलको ६ वटा पिलर मध्ये तिन वर्षमा ठेकेदारले ४ वटा मात्रै पिलर वनाएको छ भने दुई वटा पिलर वनाउ वाँकीनै । पुलको साइडप्रोटेक्शनको सवै काम वाँकी छ ।  हेटौ