Skip to main content

Posts

Showing posts from October, 2011

आजदेखि नेपाल सम्बतको नयाँ वर्ष सुरु

कार्तिक १०, राष्ट्रिय विभुति शंखधर साँख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत आजदेखि ११३१ वर्ष पूरा भएर ११३२ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सम्बतका अवसरमा नेवार समुदायले आज राजधानीलगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेका छन् । नेपाल सम्बतक राष्ट्रिय न्हु दँ समारोह समितिका अध्यक्ष पद्मरत्न तुलाधरको अगुवाईमा काठमाडौँको वसन्तपुरबाट निस्किएको र्‍याली जैसीदेवल, असन, इन्द्रचोक, भोटाहिटी हुँदै खुलामञ्चमा पुगेर विशेष सभामा परिणत भएको थियो । सभालाई प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक आन्दोलनका अगुवा पद्यमरत्न् तुलाधरले सम्बोधन गर्नुभएको छ ।

आजदेखि नेपाल सम्बतको नयाँ वर्ष सुरु

राष्ट्रिय विभुति शंखधर साँख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत आजदेखि ११३१ वर्ष पूरा भएर ११३२ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सम्बतका अवसरमा नेवार समुदायले आज राजधानीलगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेका छन् । नेपाल सम्बतक राष्ट्रिय न्हु दँ समारोह समितिका अध्यक्ष पद्मरत्न तुलाधरको अगुवाईमा काठमाडौँको वसन्तपुरबाट निस्किएको र्‍याली जैसीदेवल, असन, इन्द्रचोक, भोटाहिटी हुँदै खुलामञ्चमा पुगेर विशेष सभामा परिणत भएको थियो । सभालाई प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक आन्दोलनका अगुवा पद्यमरत्न् तुलाधरले सम्बोधन गर्नुभएको छ । नेपाल सम्बत्  विक्रम सम्वत्भन्दा ९ सय ३६ र इस्बी सम्बत् भन्दा ८ सय ६९ वर्ष १० महिना १५ दिनपछि सुरु भएको मानिन्छ । ८ सय ८८ वर्षसम्म कायम रहेको नेपाल सम्बत् सन् १९०३ भन्दा पहिले सरकारी कामकाजमा समेत प्रयोग गरिन्थ्यो । सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्बत् प्रयोगमा रोक लगाउँदै विक्रम सम्बत् लागू गरेका थिए । साँख्वालाइ सरकारले २०५६ साल मंसिर २३ गते राष्ट्रिय विभुति घोषणा गरेको थियो । प्रोफेसर मणिकलाल श्रेष्ठ शंखधर साँख्वाले तत्कालीन लिच्छवी क

नेपालीलाई बिदेशमा वैंकखाता खोल्न कडाई

कार्तिक  १ , नेपाल राष्ट्र वैंकले नेपाली नागरिकलाई बिदेशी बैंकमा खाता खोल्न कडाई गरेको छ । बिदेशमै बसोवास गरिरहेका बाहेकका नेपालीले बिदेशमा वैंक खाता खोल्न नपाउने गरि राष्ट्रवैंकले कडाई गर्न लागेको हो । बिदेश बसेर नेपाल फर्किएकाहरुले पनि ३५ दिनभित्र त्यस्ता खाता वन्द गरिसक्नुपर्ने ब्यबस्था राष्ट्रवैंकले गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । बिदेशी मुद्राको अपचलन र बिदेशमा पैसा राख्ने प्रबृत्तिलाई रोक्न यस्तो ब्यबस्था गरिएको राष्ट्रवैंकले जनाएको छ । वैंकले बिदेशमा राखिएको नेपालीहरुको पैसा जुनसुकै बेलापनि नेपाल ल्याउन सकिने ब्यबस्था गरेको छ । हालसम्म पनि सिमावर्ती क्षेत्रमा भारतीय वैंकमा खाता खोलेर निक्षेप राख्ने प्रचलन छ ।

सिन्धुली दुर्घटनाको पाठ

कार्तिक १ , माथि बायाँ छेउमा तपाईँले देख्नुभएको दृश्य त्यही बिहीबारको अति पीडादायी दुर्घटनाको हो। त्यो माथिको टुप्पोबाट उलटपुलट हुँदै झण्डै सात सय मिटर तल सुनकोशी नदीको तिरमा बस बजारिएको थियो। त्यतिमाथिबाट खसेकोले बसको पाङ्ग्राबाहेक कुनै पनि भाग सग्लो थिएन। क्षतविक्षत भएको थियो बस। भित्र रहेका ४१ जनाको ज्यान गयो। छतमा बस्ने ११ जनाले हाम्फालेर ज्यान जोगाएछन्।  अनि दायाँ छेउको फोटो तपाईँले याद गरेको हुनुपर्छ,  चार महिनाअघि मात्रै माइसंसारले यही फोटो राखेर एउटा ब्लग  लेखेको थियो। फोटोमा देखिएका सेतो पहिरनमा रहेका व्यक्ति त्यतिबेलाका सिन्धुलीका सीडीओ हुन्। सीडीओ जितेन्द्र भण्डारी। बीपी (बनेपा–सिन्धुली–बर्दिबास) राजमार्गमा त्यतिबेला सडक दुर्घटनामा २० जनाभन्दा बढीको ज्यान जाने गरी पटक पटक दुर्घटना भएका थिए। त्यसैले दुर्घटना कम गराउन र शान्ति सुरक्षा कायम गर्न शान्तिस्वस्ती, हवन र लघु रुद्री सञ्चालन गरी दिनभर हवन गरेर बसेका थिए उनी। 

खुर्कोट-नेपालथोक सडकखण्डमा बस सञ्चालनमा रोक

असोज २९,  ४२ जनाको ज्यान जाने गरी बस दुर्घटनापछि वीपी राजमार्गको ट्राक मात्र खनिएको खुर्कोट-नेपालथोक सडकखण्डमा बस सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शनिबार भएको सर्वपक्षीय बैककले सडक स्तरोन्नती र फराकिलो नबनान्जेलका लगि बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीले सडक व्यवस्थित र स्तरोन्नती नगरुन्जेलका लगि ठूला सबारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । 

वस दुर्घटनावाट मर्नेमध्ये ३४ को सनाखत

असोज २७,  "शोकमा छ सिन्धुली" सिन्धुलीवाट शुक्रवार काठमाडौं गैरहेको विपीयातायातको ना.३ ख ९४१२ नम्वरको यात्रुवहाक वस  पुरानोझागाझोली गाँउ विकास समिती-४ गैरिपुच्छारमा दुर्घटनामा परि ४१ जनाको मृत्यु भएको छ । प्रहरीले हिजो वेलुका सम्म मृत्यु हुनेको सङख्या ४२ भने पनि ४१ मात्रै रहेको जनाएको छ ।

सिन्धुलीमा भएको बस दुर्घटनामा ४२ को ज्यान गयो (तस्विरसहित)

असोज २६ ,  सिन्धुलीबाट काठमाण्डौं जादैँ गरेको यात्रुवाहक बस विहिवार सिन्धुलीको पुरानो झाँगाझोलीको वडा नम्वर ६ स्थित रिठ्ठे भिरवाट खस्दा ४२ जनाको मृत्यु भएको प्रहरीले पुष्ठी गरेको छ । घटनास्थलमा ४० जना र थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा वस चालक प्रेम आले मगर  पुरानो झागाझोलीका विर वहादुर तामाङ भिमेश्वर ७ का युवराज श्रेष्ठ कमलामाई नगरपालिका ५ का ईश्वर पोख्रेल सिजंव कार्की त्यस्तै ५७ बर्षीय समरवहादुर जोशी र ३५ बर्षीय नमिता जोशीको पनि सनाखत भएको छ । यस्तै नाम खुल्न नसकेका एकै परिवारका आमाछोराको पनि शव भेटिएको छ । 

सिन्धुलीबाट काठमाडौं जादै गरेको बस दुर्घटना

२६ असोज, सिन्धुलीबाट काठमाडौं जादै गरेको यात्रुवाहक बस सिन्धुलीको पुरानो झाँगाझोलीको वडा नम्वर ४ निलो पहरेवाट वस खस्दा मृत्यु हुनेको खङख्या ४७ पुगेको छ । ना ३ ख ९४१२ नम्बरको बस सुनकोसीमा खसेको हो । यात्रुवाहक बसमा ६० जना यात्रु रहेको सो वस सडकभन्दा तिनसय मिटर तल खसेको वताईएको छ । ३५ जनाको लास कोशिवाट निकालिएको छ भने मृत्युहुनेमध्येमा वस चालक प्रमे तामाङको सनाखत भएको छ । विहान ५ वजेर ३० मिनेटमा सिन्धुलीमाढीवाट छुटेको वस विहान साढे १० वजे कोशिमा खसेको स्थानिय वासीले वताएका छन् । वसको छतवाट हाम फालेर ११ जनाले ज्यान जोगाएका छन् ।  घाईतेको रामेछाप र काभ्रेमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  बसमा क्षमताभन्दा बढी यात्रु रहेको र अप्ठेरो बाटो भएकोले दुर्घटना भएको अनुमान गरिएको छ । घटनामा स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरुले उद्धार गरिरहेका छन् । घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ । साभार : सिन्धुली दर्पण  

मदन भण्डारीकी आमा चन्द्रकला भण्डारीको निधन

२१ असोज,  स्वर्गीय जननेता मदन भण्डारीकी आमा चन्द्रकला भण्डारीको निधन भएको छ । ८३ वषर्ीया चन्द्रकलाको काठमाण्डौंको ओम नर्सिङ्ग होममा उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । चिकित्सकहरुले बिहान चार बजे चन्द्रकलाको निधन भएको घोषणा गरेका हुन् । ब्रेन हृयाम्रेजका कारण असोज १५ गतेदेखि उहाँको ओम नर्सिङ्ग होममा उपचार भइरहेको थियो । भण्डारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान सात बजेदेखि आफ्नो निवास थापागाउँ काठमाण्डौंमा राखिएको छ । उहाँको शनिबार नै चितवनको देवघाटमा अन्तिम संस्कार गरिने पनारिवारिक श्रोतले जनाएको छ । भण्डारीका पाँच छोरा मध्ये मदन भण्डारी माहिलो छोरा हुनुहुन्थ्यो भने उहाँका तीन छोरी रहेका छन् ।

इन्टरनेटबाटै दसैं

असोज २०, सप्तमी सुरु भइसक्दा पनि झरी रोकिएको छैन । यस्तै हो भने यसपालिको दसैंले 'हिलाम्मे' विशेषण पाउने पक्का भो । उसै त कच्ची यहाँका सडकहरू, बढ्दो झरीले न गुडिसक्नु छ न त हिँडिसक्नु नै । तर आफन्तकहाँ (वा घर) जानैपर्‍यो । ज्यानै जोखिममा राखेर यात्रा गर्ने कि विकल्प खोज्ने ? पक्कै विकल्पतिरै लाग्नु उचित, आखिर बाँचे न दसैं । 'त्यही सोचेर,' मूल घर खोटाङ भएका तर कामका सिलसिलामा हाल मैतीदेवी बस्दै आएका २८ वर्षीय सविनय कार्कीले भने, 'यसपालिको दसैं पनि अनलाइनमै मनाइन्छ ।'

आज विजया दशमी

काठमाडौ, असोज १९ नेपालीहरूको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ । विजया दशमीका दिन आज बिहान ९:४५ बजे देवी विसर्जन र विहान १०:३५ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले बताए । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

आज महानवमी पर्व मनाइँदै

१८ असोज, काठमाडौँ । बडादसैँको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ ।घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ । महानवमीका अवसरमा बुधबार दसैँघर र कोतलगायत बिभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूलालगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् । पुराणका अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज फूतपाती भित्र्याइँदै

१६ असोज, काठमाडौँ । आज हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको सातौं दिन, आज देशभर परम्पराअनुसार नेपालीहरुका घरघर, शक्तिपीठ र दशैंघरहरुमा फूलपाती भित्रयाइँदैछ । दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल फलफूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । गोरखाबाट ल्याइएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जाति ८ जनाले काठमाण्डौाको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक भित्र्याउने परम्परा छ ।