Skip to main content

Posts

Showing posts from January, 2012

कविता

उद्धव श्रेष्ठ क.न.पा.६ , सिन्धुली  त्राशमय बाटोहरु   खोली हेरे आँखा यहाँ   जता ततै लाश भेट्छु     हीजो हिड्ने बाटो भरि  आज हिडदा काँडा भेट् छु । अन्धाकारमा हिडेको छु  जुनको रातमा जलेको छु  पिडा सही हासेको छु  मरे सरि बाँचेको छु । आतँकको सिकारमा   स्वार्थको भकारीमा  जो को ही मरेका छन् रगत त्यसै बगेका छन् ।

नेपाली गीतहरु सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ

फ़ेसबुकले - शिव परियार Download   मा मरेको पल - सुरेस अधिकारी   Download  मेरो मनमा - हिमाल सागर Download   गोर्खा पल्टन - गोर्खा पल्टन Download   बाटो मुनिको फुल - बाटो मुनिको फुल Download   दर्सन नमस्ते - राजेशपायल राई Download   घामको माया - गोर्खा पल्टन Download   गुराँस फुल्ने - रामचन्द्र काफ्ले Download   है माया - प्रमोद खरेल Download   गुराँसको फेदमुनि - सबिन राई Download  

Send Free SMS Worldwide

ललितपुर प्रथम र महिला भलिवल प्रतियोगिता शुरु

ललितपुर भलिवल टिम  माघ १४, सिन्धुली  मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता अन्तर्गत सिन्धुलीमा शुक्रवार भएको पुरुष भलिवल प्रतियोगितामा ललितपुर जिल्ला विजयी भएको थियो । ललितपुर जिल्लाले प्रतिसपर्धी रामेछाप जिल्लालाई लगातार तिन गेमले पछि पार्दै मध्यमान्चाल स्तरिय भलिवल प्रतियोतिको प्रथम स्थान हासिल गर्न सफल भएको हो । मध्यमान्चल स्थरीय  पुरुष भलीबल प्रतियोगीता अन्तर्गत प्रतियोगीतामा रामेछाप जिल्ला दोस्रो र दोलखा जिल्लाले तेस्रो स्थान राख्न सफल भएका छन् । विहीवारका दिन भएको खेलमा काभ्रेपलान्चोक र महोत्तरी जिल्ला विच प्रतिस्पर्दात्मक भएको खेलमा महोत्तरी जिल्ला पराजित भयो भने मकवानपुर र सर्लाही जिल्ला विच भएको खेलमा मकवानपुर जिल्लाले सर्लाही जिल्लालाई पराजित गर्न सफल  भएको थियो ।

बन्दले विभन्न जिल्लाको जनजीवन प्रभावित

माघ ११, सिन्धुली  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल युवा तथा विद्यार्थी संघ संघठनहरुले आव्हान गरेको बन्दले राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनमा तरुण दल, वाईसीएल, युवा संघ, नेविसंघ,अनेरास्ववियू,अखिल क्रान्तिकारी, मधेशी मोर्चामा आवद्ध विभिन्न दल निकट युवा तथा विद्यार्थी संगठन लागायतको सहभागिता रहेको छ । ती संगठनहरुले थप आन्दोलनको कार्यक्रम आजै घोषणा गर्ने तयारी गरेका छन् । 

मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता सिन्धुलीमाआजदेखी शुरुभयो

माघ १०, सिन्धुली मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता आजदेखी शुरुभयको छ । खेलकुद राज्य मन्त्री गोपी आछामेको प्रमुख आतिथ्यमा शुरुगरीयको उक्तकार्यक्रममा उन्नाइस जिल्लाका खेलाडीको सहभागीता रहेको थियो । आज पहीलो चरणको खेल अन्र्तगत लीग सिस्टम र टीटी काउन्टबाट शुरुगरीयको पहीलो खेलमा सिन्धुलीको टीमले नुवाकोट टीमलाई हरायो धनुषाले रौताहटलाई सर्लाहीले रामेछापलाई धादीङले रसुवालाई मकवानपुरले महोत्तरीलाई ललीतपुरले चितवनलाई सन्धिुपाल्चोकले बारालाई हराउदै बिजेता बनेका छन भने काठमाण्डौको टीमले शुरुमा नै बाइ पाएर बिजेता बनेको थियो । एकचोटी हारेको टीम रामेछापले बाई पायर बसेको काठमाण्डौको टीमलाई हरायर फेरी बिजेता बन्ने कोसीस गरेको छ भने काठमाण्डौले हार बेहोर्नु परेको छ । बाकी खेल भोली बिहान ७ बजेबाट शुरुहुने आयोजकले जनायको छ ।

आज तामाङ समुदायको सोनाम ल्होछार

माघ १०, सिन्धुली    आज तामाङ समुदायको सोनाम ल्होछार आफ्नो घर घरमा मनाउदै छन् । आजदेखि बिरालो बर्षको अन्त्य तथा गरुड वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले ल्होछार मनाउन गर्दछन ।  तामाङ भाषामा  ल्होको अर्थ नयाँ र छारको अर्थ वर्ष भन्ने लाग्दछ । ल्होछारको अवसरमा आज तामाङ समुदायमा साथीभाई इष्टमित्र तथा आफन्त भेला भइ मिठामिठा परिकार खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन । सरकारले ल्होछारका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ । यसै ल्होछारको अबसरमा सिन्धुली जिल्लामा तामाङ समुदायको नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा ऐतिहासिक ल्होछार सांस्कृतिक महोत्सव २०६८ हुन गैरहेको छ।   

तामाङ जातिहरुको सोनाम ल्होछार पर्व आजदेखि मनाउन शुरु

काठमाडौ, माघ ९ तामाङ जातिहरुको  सोनाम ल्होछार पर्व आज देखि तीन दिन सम्म मनाइँदैछ । डुक ल्होछार २८४५ औ मुल आयोजक समितिका अनुसार आजदेखियहि माघ ११ गते सम्म विभिन्न कार्यक्रम गरिनेछ । तामाङ एकता पर्बको रुपमा मनाऔ, पूर्णअधिकार सहितको अखण्डित ताम्सालिङ स्थापना गरौं भन्ने नाराको साथ मनाइने ल्होछारपर्वको पहिलो दिन आज मोटरसाइकल ¥यालीसहित पर्चा पम्प्लेट छर्दै चक्रपथ परिक्रमा गर्ने,तामाङ कलाकार र सञ्चारकर्मीबिच मैत्रीपुर्ण फुटवल आयोजना गरिने समितिले जनाएको छ। यस्तै टुँडिखेलमा दीपावली, लामाद्धारा पूजापाठ, राष्टिय स्तरका कलाकारहरु

ऐतिहासिक ल्होछार सांस्कृतिक महोत्सव - २०६८

 

इन्टरनेटको कुलत ड्रग्स जस्तै

माघ २ सधै इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान । इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो । हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ । चिनिँया अनुसन्धानकर्ताहरुले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरुको मस्तिष्कको परिक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन् ।

आजदेखि दैनिक १४ घण्टाका दरले लोडसेडिङ तालिका सहित

माघ २, नेपाल विद्युत प्राधिकरणले आजदेखि साताको ८२ घण्टाका दरले लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा पानीको सहत घटेर विद्युत उत्पादनमा कमी आएको र जाडो समयसँग बिजुलीको माग ह्‍वात्तै बढेको र उत्पादन भने घटेको भन्दै आजदेखि लोडसेडिङ बढाउनुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार आइतबार, सोबार र मंगलबार १०/१० घण्टा, बुधबार र शनिबार १२/१२ घण्टा र बिहीबार र शुक्रबार १४/१४ घण्टाका दरले लोडसेडिङ हुनेछ । नेपाल विद्युत प्राधिकरण भार सम्प्रेशण केन्द्रका प्रमुख चिरञ्जिवी शर्माले मागअनुसार उत्पादन हुन नसकेकाले लोडसेडिङको समय बढाइएको जानकारी दिनुभयो । विद्युत चुहावट हुने फिडरमा दैनिक थप दुईघण्टाका दरले लोडसेडिङ हुने जनाएको छ । यसअघि प्राधिरणले सातामा ६९ घण्टाका दरले लोडसेडिङ गर्दै आएको थियो ।

आज मुलुकभर माघे संक्रान्ति पर्व मनाइँदै

माघ १ आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सुर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गरेका थिए । आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

नगरपालीकाको वार्षिक वजेट सात करोड ५४ लाख

पुष २६, सिन्धुली कमलामाई नगरपालीका सिन्धुलीको सत्र औं नगर परिषदले आर्थिक वर्ष ०६९/०७० को लागी ७ करोड ५४ लाख ४७ हजार अनुमानित वजेट प्रस्तु गरेको छ  । नगर परिषदमा प्रस्ताव गरिएको वजेट मध्ये १ करोड ७० लाख ६४ हजार ८ सय चालु तर्फ र ५ करोड ८३ लाख ८२ हजार २ सय पुँजिगत विकास तर्फ खर्च गर्ने गरि आयव्यय प्रस्ताव परिषद समक्ष कमलामाई नगरपालीका कार्यकारी अधिकृत भुपाल वरालले पेश गरेका छन् । नगरपालीकाले प्रस्ताव गरेको विकास वजेट वाट स्थानीय स्वायत्त शासन र विकेन्द्रिकरणको मर्म बमोजिम टोलबस्तीस्तर तथा वडास्तरबाट प्राप्त हुने योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने र योजना छनौट प्रकृयालाई आवश्यकता र मागमा आधारित  बनाइने जनाएको छ  । 

खण्डित ताम्सालिङ स्वीकार्दैनौं : अध्यक्ष योन्जन

पुष २४, सिन्धुली नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङले तामाङ समुदायका निम्ति खण्डित ताम्सालिङ प्रदेश स्वीकार्य नहुने बताउनु भएको छ । संविधानसभाको राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनःसरचना समितिले प्रस्ताब गरेको ताम्सालिङ प्रदेश तामाङ समुदायलाई खण्डित गराएर ल्याएको चर्चा गर्दै उहाँले ताम्सालिङ प्रदेशलाई टुक्राएर बनाइएका दुई प्रदेश सुनकोशी र नारायणीको खारेजीको पनि माग गर्नुभयो । अध्यक्ष योन्जन नेपाल तामाङ घेदुङ सिन्धुलीद्वारा हिजो सिन्धुलीमाढीमा आयोजित 'राज्यको पुनःसंरचना र अखण्ड ताम्सालिङ' विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । 

महङ्गा सिनेमाले थिचिए आर्यन

पुष २२ नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैनन् । यस्तै हल्लाहरु छन् बजारमा । एकअर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् । उनले अभिनय गरेका सिनेमा यो वर्ष मात्र दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले बजार पाएको छैन, यहाँ महङ्गा बजेटका सिनेमा चलेर लगानी उठाउन गाह्रौ नै पर्दछ । नायक आर्यन सिग्देल पछिल्ला केही समय महङ्गा सिनेमाले थिचिएका नायक हुन् । 

नेपथ्य ब्यण्डको संगीत यात्रा २०६८

सिन्धुलीमाढी  “शान्तीका लागी शिक्षा” बोलको नारा लिएर नेपथ्य ब्यण्डले नेपालको विभिन्न ठाउँहरुमा कार्यक्रम गर्दै हिडिरहेको छ । यसै शिलशीलामा यही पौष २३ गते शनिवारका दिन सिन्धुलीमाढीमा पनि कार्यक्रम गर्दै छ । सिन्धुली जिल्लाका आयोजक नेपाल पत्रकार महासंघ सिन्धुली र सहआयोजकमा गौमती उच्च मा. वि.रहेको छ ।

सिन्धुलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

पुष १७ 'बहुसाँस्कृतिक पहिचान नेपालको स्वाभिमान, समान र सम्मानका लागि जागरण अभियान' भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ सिन्धुलीले 'ल्होछार साँस्कृतिक महोत्सव- २०६८' को आयोजना गर्ने भएको छ । आज सिन्धुलीमाढीमा सम्पन्न घेदुङको आठौं पूर्ण बैठकले आउँदै गरेको तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछार अन्तर्गत २८४८ औं 'डुक' ल्होछारको अवसर पारेर आउँदो माघ २० देखि २६ गतेसम्म सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौरमा ७ दिने ल्होछार साँस्कृतिक महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवको तयारीका लागि घेदुङका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष काजीमान थिङ तामाङको संयोजकत्वमा ८१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको बैठकपछि आजै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।