Skip to main content

Posts

Showing posts from April, 2012

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

आज लोकतन्त्र दिवस

बैशाख ११, सिन्धुली आज बैशाख ११ गते अर्थात् छैठौँ लोकतन्त्र दिवस । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली गरेको जनआन्दोलन-२०६३/६३ ले सफलता पाएको दिन । लोकतन्त्र दिवसकै अवसरमा सरकाले आज सार्वजनिक विदा दिएको छ । विदाका अतिरिक्त अरु कुनै औपचारीक कार्यक्रम भने भएको छैन । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् ।

सिन्धुलीगढीको स्थापना

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ कि.मी. को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट निर्माणाधिन वि.पि. राजमार्गको निर्माण सम्पन्न खण्ड सिन्धुलीमाढी–खुर्कोटको करीव २० कि.मी.को दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाण्डौं आक्रमण अर्थात वि.सुं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक,

आज आमाको मुख हेर्ने दिन

वैशाख ९, सिन्धुली आज वैशाख कृष्णपक्ष औँसी जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार बनाएर आमालाई खुवाउने चलन छ ।  विहानै देखि छोराछोरीहरुले आफ्नो आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने कार्य गर्दछन । आजको दिन आमाको सम्झनामा स्थानिय ठाउँ ठाउँमा रहेका तिर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दीरमा पुजा आजा गरि आमाको सम्झना गरिरहेका छन ।

महासय

महासय गोपी थापामगर विगतलाई हेर्नुहोस् वर्तमानलाई चिन्नुहोस् भूत, वर्तमान, र भविष्य यी तीन पक्षको इतिहास नियाल्नुहोस र साथमा विश्व भुमण्डलको परिदृष्य पनि जसको परिधिभित्र कैद मान्छेहरु अनि– अन्यायमा पिल्सिएक मान्छेका वास्तविक अनुहारहरु आखिर ! त्यहि मान्छे हो जो पशुसरह बेचिन्छ आखिर त्यहि मान्छे हो जसको अस्तित्तवभित्रको सतित्व लुटिन्छ त्यसैले महासय

महासय

महासय विगतलाई हेर्नुहोस् वर्तमानलाई चिन्नुहोस् भूत, वर्तमान, र भविष्य यी तीन पक्षको इतिहास नियाल्नुहोस र साथमा विश्व भुमण्डलको परिदृष्य पनि जसको परिधिभित्र कैद मान्छेहरु अनि– अन्यायमा पिल्सिएक मान्छेका वास्तविक अनुहारहरु आखिर ! त्यहि मान्छे हो जो पशुसरह बेचिन्छ आखिर त्यहि मान्छे हो जसको अस्तित्तवभित्रको सतित्व लुटिन्छ त्यसैले महासय तपाइँ त खोक्रो नीतिको फुस्रो कुरा गर्नुहुन्छ सारा मान्छेहमरुको भिडमा घमण्डी स्वभाव देखाउनुहुन्छ तर, अपच भएको छ तपाइँको त्यो घमण्डी स्वभाव सार दुचियाँलाई त्यसैले जोशमा होस पु¥याउनुहोस कुनै बेला क्षदविक्षद हुन सक्छ तपाइँ जस्ता पाखण्डीको त्यो घमण्डी यो मेरो चुनौति हो । महासय, तपाइँ त महान हुनुहुन्छ हो मलाई थाहा छ, तर, तपाइँको त्यो महानता भित्र कुदिएको मानवता खै ! कहाँ गढो खै ! कता हरायो खै ! कता विलाये मलाई लाग्छ – तपामइँको त्यो महानता घमण्डमा परिणत भयो तपाइँको त्यो मानवता स्वार्थि दुृनियाँमा वली चढ्यो त्यसैले त कुरुप बन्दैछ तपाइँको त्यो महानता अनि कुरुप महानता भित्रभित्रै मौलाएको तपाइँको त्यो मौलता मौनताभित्र

सिन्धुलीमा ३ सहिदको सालीक निर्माण गरिने

वैशाख ५, सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ११ मा पञ्चायत शासनकालमा मारिएका ३ सहिदको सालिक सहितको सहिद पार्क निर्माण गर्न लागिएको छ । प्रधानमन्त्री कोषबाट सहिद पार्कका लागि १० लाख रुपैंया बजेट विनियोजन भए पनि सो पार्क निर्माण गर्न लागिएको हो । पार्कको नाम आजाद, दुर्गा र रजन सहिद पार्क नामाकरण गरिएको छ । पार्क निर्माणका भएको भेलाले सोमबार एक निर्माण उपभोक्ता समितिको गठन गरेको छ । इन्द्रप्रसाद ढुंगेल, सचिव सुमन पौडेल, कोषाध्यक्ष मञ्जु देवकोटा रहेका छन् भने सदस्यहरुमा देवराज पौडेल, घनेन्द्रबहादुर कार्की, पूर्णबहादुर खत्री, कमला वि.क, रघुपति प्रधान र यादव प्रसाद सुवेदी  रहनु भएको छ । सालीक निर्माणको लागी नारायण प्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समितिको गठन  गरिएको छ । समितिको सदस्यमा ऋषिराज अधिकारी, रमेश देवकोटा, सुरेश कुमार पौडेल र तिलकुमारी माझी छन् । सहिदहरु दलबहादुर रजन, ऋषि देवकोटा र दुर्गा सुवेदीको सालिक सहित बन्न लागेको पार्कमा गार्डेन, प्रतिक्षालय लगाएत निर्माण गरिने र त्यसलाई पर्खालले घेरिने अनुगमन समितिका सदस्य ऋषिराज अधिकारीले बताउनुभयो ।

आजदेखि नयाँ वर्ष वि. सं २०६९ साल

आज वि सं २०६९ साल बैशाख महिनाको पहिलो दिन,  आजदेखि सुरुवात भएको छ ।  देश विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्दै  शान्तिलगायतका शुभकामना आदान प्रदान गरेर ईच्छा पुराहोस भन्दै नयाँ साल मनाईदैछ ।  नयाँ बर्षको सुरुवातको दिन रमाईलो गरे बर्ष भरि नै रमाईलो गर्न पाउने विश्वासका साथ आज देश विदेशमा रहनु भएका सबै नेपालीहरु रमाइलोका साथ शुभकामना आदान प्रदान गरेर मनैदैछ  ।   

छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको : शिक्ष राज्य मन्त्री भण्डारी

चैत्र १८, सिन्धुली  शिक्षा राज्यमन्त्री लिला भण्डारीले आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको बताउनुभएको छ । परम्परागत शिक्षा प्रणालीले देशलाई धान्न नसक्ने बताउदै भण्डारीले अवको शिक्षा वेरोजगारी हैन रोजगारीमूलक हुनुपर्ने बताउनुभयो । सिन्धुली ढुग्रेबासमा रहेको कमला उच्च मावि तथा साइन्स क्याम्पसको हीरक महोत्सव समापन समारोह तथा ६१ औँ वार्षिक समारोह र अभिभावक दिवसको अवसरमा सिन्धुली आउनुभएका उहाँले गुणस्तरीय शिक्षा बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै लाग्नुपर्ने र राज्यले पनि गुणस्तरीय शिक्षा ल्याउनको लागि शिक्षक ऐन २०२८ संशोधन गरिरहेको धारणा राख्नुभयो । पछिल्लो समयमा सामुदायीक विद्यालका स्थायि शिक्षकहरुले खेतला राखेर आफु ठेकेदार बनेर जनताको पसिनाको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।  पछिल्लो समयमा धेरै स्कूलहरु खुलीरहेका अवस्थामा आजको आवश्यकता विद्यालय खेल्ने हैन खोलेका विद्यालयलाई व्यवस्थापन गर्ने तर्फ लाग्नुपनेै टिप्पणी गर्नुभयो । मन्त्री भण्डारीले  संविधान लेखन प्रक्रिया अगाडि बढेको छैन भन्ने कुरा गलत भएको बताउदै उहाँले जेठ १४ मा संविधान बन्ने दावी गनुभयो ।