Skip to main content

Posts

Showing posts from November, 2011

लक्षीत समूह विकास कर्यक्रम गर्ने प्रतिवद्धता

मंसिर ९, सिन्धुली  सिन्धुलीका स्थानिय विकस अधिकारी धु्रववहादुर खड्काले लक्षीत समूह विकास कर्यक्रम नेपाल सरकारको नीति वमोजिम नै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विहीवार साँझ रेडियो सिन्धुलीगढीवाट प्रसारित कार्यक्रम जनजाति जागरणमा कुराकानीका क्रममा खड्काले यस्तो प्रतिवद्धता जनाउनुभएको होे । वहाँले लक्ष्ँित समूह विकास कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्यान्वयन निकाय, सेवा ग्राही र सरोकारवाला सम्मीलित मूल्यांकन अनुगमन समिति गठन गर्नुपर्ने वताउनुभयो । नेपाल सरकार स्थानिय विकास मन्त्रालयले जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिहरुले विकासको मूल प्रवाहवाट बहिष्कृत आदिवासि, जनजाति, दलित, महिला, बालवालिका, अपांग र पिछडा वर्गको वृद्धि विकासका लागि पूंिजगत बजेटवाट ३५ प्रतिशत रकम विनियोजन गरि कार्यक्रम सन्चालन गर्नुपर्ने निर्देशिका जारि गरेको छ ।

दुई नम्वर डिभिजनका माओवादी लडाकुहरु आक्रोसित

मंसिर ९, सिन्धुली  विभिन्न चरण पार गरिसकेपछि पनि रोजाइ अनुसारको परिचयपत्र नपाएपछि सिन्धुलीे दुधौलीमा रहेको माओवादी लडाकुको २ नं. डिभिजनका लडाकुहरु आक्रोसित भएका छन् । रोजाइ अनुसारको परिचयपत्र नदिएकाले लडाकुहरु आक्रोसित बनेको दोस्रो डिभिजनका कमान्डर सुकबहादुर रोकाया शरदले जानकारी दिनुभयो । परिचय पत्र वितरण नहु“दा लडाकुहरुमा आशंका पैदा भएको समेत उहाँको भनाइ छ । सिन्धुलीमा रहेको दोस्रो डिभिजन मुख्यालय र त्यस अन्र्तगतका तीनवटा सहायक शिविरका गरी विहीबारसम्ममा १ हजार १ सय ५९ लडाकुको पुनर्वर्गीकरण सम्पन्न भएको छ । दोश्रो डिभिजनमा स्वेच्छिक अवकासमा भन्दा समायोजनमा जानेको सँख्या बढी रहेको बताइएको छ ।

फोटो फिचर

सिन्धुलीको लदाभिरमा कृषक पाठशाला

मंसिर ८, ध्रुवचन्द्र खड्का, सिन्धुली सिन्धुली, मंसिर ७ गते । सन्धुलीको लदाभिर गाविसका कृषकहरु व्यवसायिक पशुपालनका लागि कृषक पाठशालामा लागेका छन् । विपन्न कृषकहरुको आयस्तर बृद्धिगरी उनीहरुलाई आत्मनिर्भर बनाउन प्रयास नेपाल सिन्धुलीको सक्रियतामा उक्त पाठशाला सञ्चालन गरिएको हो । ९ महिनासम्म चल्ने उक्त पाठशालामा कृषकहरुलाई सुधारात्मक रुपमा पशुपालन गर्न विभिन्न सिप सिकाईने आयोजक संस्थाले जनाएको छ । आयोजकका अनुसार हाल पाठशालामा ३० जना कृषक सहभागि रहेका छन् । यो पाठशाला सकिएपछि सहभागि कृषकहरुले अरुलाई आफूले सिकेको ज्ञान बाँड्ने र यसबाट पशुपालक कृषकहरु लाभान्वित वताइएको छ । लदाभिर गाविसलाई नमूना गाविस बनाउने योजना प्रयास नेपालको रहेको सँस्थाकी अध्यक्ष गंगा दाहालको भनाइ छ ।

उत्पादनमा वृद्धि भएपनि सिन्धुलीमा जुनार महंगियो

मंसिर ८, ध्रुवचन्द्र खड्का, सिन्धुली  उत्पादनमा वृद्धि भएपनि सिन्धुलीमा यस वर्ष चर्काे मूल्य तिरेर जुनार किन्न उपभोक्ताहरु वाध्य भएका छन् । गत वर्षको तुलनामा यस वर्ष सिन्धुलीमा १५ प्रतिशतले जुनार उत्पादनमा वृद्धि भएको सिन्धुली जुनार विकास संघले जनाएको छ । तराईका व्यापारिले सिधै किसानको वँगैचामा गएरु जुनार जिल्ला वाहिर लाने भएकोले स्थानिय उपभोक्ताहरु चर्काे मूल्य तिरेर जुनार खरिद गर्न वाध्य भएका हुन् । उता व्यापारिले पनि किसानसंग किनेको मूल्मा पनि दोव्वर जस्तो वढाएर विक्रिवितरण गर्ने गरेको उपभोक्ताहरु गुनासो गर्छन् । गत वर्ष जुनारको मूल्य प्रति केजी २०÷२५ रुपियाँ रहेकोमा यो वर्ष मध्य सिजनमा पनि जुनारको भाउ घटेको छैन । 

संस्कृति सिक्न नेपालमा

मंसिर ५ ,  थाई बालक एघार वर्षीय मेथासित फामी (मेधासिद्धि गौतम) मजाले थाई भाषा बोल्छन् । थाइल्यान्डको मुख्य पर्यटकीय थलो फुकेटका यी बालक आफूसँग थाई-अंग्रेजी शब्दकोश राख्छन् । तर उनी थाइल्यान्ड छाडेर नेपाली/अंग्रेजी भाषा र संस्कृतिको अध्ययन गर्न नेपाल आएका हुन् । 'त्यहाँको विद्यालयमा नेपाली भाषा पढाइ हुन्न, थोरै अंग्रेजी पढाउँछन्,' बालकुमारीस्थित हिन्दु विद्यापीठमा कक्षा-४ मा अध्ययनरत उनले भने, 'बुबाले नेपाली र अंग्रेजी पढ्न र धर्म-संस्कृति बुझ्न नेपाल पठाएका हुन् ।' कक्षा-१ मा अध्ययनरत ९ वर्षीय भाइ फानुवित फामी (भानुसिद्धि गौतम) सँग उनी उक्त विद्यालयको छात्रावासमा बस्छन् ।

लुक्लामा अलपत्र पर्यटक आक्रोशित

लुक्ला (सोलुखुम्बु), मंसिर ४   लुक्लामा अलपत्र पर्यटक आक्रोशित भारतका चन्दन सिम्रिक एयरको हेलिकोप्टर लुक्लामा अवतरण हुन नपाउँदै झोला बोकेर हतारिँदै हेलिकोप्टरमा छिरे । त्यसपछि लामो श्वास फेरेर भगवान्लाई धन्यवाद दिए । काभ्रेको भकुन्डेबेसीमा एयर अवतरण नहुन्जेल उनी केही बोलेनन् ।  बाहिर निस्केपछि आकाशतिर फेर्केर खुसी हुँदै चर्को स्वरमा कराए 'आजाद भएँ ।' त्यसपछि उनको थाकेर निन्याउरो भएको अनुहारमा एकाएक चमक देखियो । 'आजाद भएको महसुस गरिरहेको छु,' उनले कान्तिपुरसँग भने, 'लुक्लामा लामो समयसम्म हवाई उडान ठप्प भएपछि त्यहीं मरिने डरले सताइरहेको थियो ।' लुक्लाको जस्तो घटना आफूले अहिलेसम्म नभोगेको उनले सुनाए । राम्रोसँग खान नपाएको, खर्च गर्ने पैसा सकिएको लगायत अनेकौं समस्याबाट आफूहरू पीडित भएको उनको कथन थियो । उनले सरकारप्रति आक्रोश पोखे । 'यो देशमा सरकार पनि छ र ?' उनले भने, 'सरकार भएको भए यत्रो दिन किन अलपत्र परेर बस्नुपथ्र्यो र ?' उनको समूहमा ७ जना थिए ।

गोर्खाली गाथा

अल्मोडा, उत्तराखण्ड, भारत, मंसिर ४ -  गोर्खाली गाथा यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने कि उसले झूटो बोलेको हुनुपर्छ कि त ऊ गोर्खा हुनुपर्छ ।' पूर्व भारतीय सेना प्रमुख साम मानेकसअको वर्षौंअघिको यो भनाइ अझै निकै चर्चित छ । यसरी गोर्खाली सेनाको मुक्तकण्ठले प्रशंसा गर्ने उनी एक्ला होइनन् । कतै आधिकारिक दस्ताबेज त छैन तर शक्तिशाली जर्मन तानाशाहले पनि गोर्खालीबाहेक विश्वमा जोसुकैसँग लड्न आफूलाई डर नलाग्ने बताएका थिए भनिन्छ । गोर्खाली सैनिकको बहादुरी र वीरताबारे यस्ता अनेकौं किस्सा तथा गाथाहरू छन् । दुईवटै विश्वयुद्ध होस् या हालका वर्षहरूमा इराक र अफगानिस्तानका युद्ध मैदानहरू, गोर्खाली सैनिकहरूले जसको छातामुनि बसे पनि आफ्नो गौरवशाली इतिहासलाई जीवन्त बनाइराखेका छन् । 

महानायक अब 'हिरो टर्न्ज भिलेन'

मंसिर ३, राजेश हमालले खेलेका दुई सय ८० सिनेमा र उनको भूमिकाबीच के समानता छ ? सायद हाजिरीजवाफको उत्तर भए दिइने सजिलो उत्तर हो –'हिरो' । दुई दशकभन्दा लामो अभिनय करियरमा महानायकले सबैमा नायकको भूमिका निर्वाह गरेका छन् । तर, त्यो उत्तर अबको केही महिनापछि सोधिने हो भने गलत पनि ठहरिन सक्छ ।  कारण –हमालले सम्भवतः पहिलोपटक करियरमा भिलेनको रुपमा सिनेमा अभिनय गर्दैछन् । सुनिल मानन्धरको अपकमिङ दोस्रो प्रोजेक्ट ‘मायाज बार’मा महानायक खलपात्र बन्दैछन् । आधुनिक भट्टी अर्थात ‘बार’को मालिकको रुपमा हमाल यो चरित्रमा देखिन लागेका हुन् । निर्माता मानन्धरले हमालको चरित्र सुहाउने भएकाले भिलेनमा उनलाई अनुबन्धित गरिएको बताए । 

साना सिलिन्डरको बिगबिगी

मंसिर ३, काठमाडौ साना सिलिन्डरको बिगबिगी हालैको एक बिहान १० बजेतिर कपिलवस्तुको चन्द्रौटास्थित ओमकार सप्लायर्सको ग्यास डिपोमा सञ्चालक ओमकार गुप्ता सँगैको अर्को पसलमा गफिइरहेका थिए । यो संवाददाता उनको डिपोमा पुगेपछि गुप्ता आए र सोधे, 'के चाहियो होला ?' 'पाँच केजीका साना सिलिन्डर,' मैले भनें । साहूजीले मलाई खुट्टादेखि टाउकोसम्म नियाले । अनि सोधे, 'कहाँदेखि आउनुभएको हो ? के काम गर्नु हुन्छ ?' 'पर्यटन व्यवसायी,' मैले आफ्नो परिचय अर्कै दिएँ र भनें, 'साना सिलिन्डर । पदयात्रामा असाध्यै उपयोगी हुन्छ । महेन्द्रनगर घुम्न आएका बेला भेटिए किनेर लैजाने सोच छ ।'

फेसबुकले जुटायो ११ लाख

मंसिर २, पर्वत/पोखरा   इजरायलमा कार्यरत बाँके कोहलपुरका सूर्य बस्यालले युट्युवमा भेटिएको अपांगसम्बन्धी भिडियो फेसबुक स्टाटसमा राखे । र, लेखे- 'अपांगलाई सहयोग गर्न पाए उनीहरू र परिवारको आँसु र व्यथामा राहत मिल्ने थियो ।'पर्वत रानीपानीका एकै घरका ५ अपांगको कथा-ब्यथाले भरिएको उक्त भिडियो इजरायलका नेपाली कामदारको फेसबुक सन्जाल 'नेप्लिज इन इजरायल' मार्फत सर्वत्र फैलियो । अनि फेसबुकबाट सुरु भयो- सहयोग संकलन अभियान । फलतः दुर्गम गाउँका एकै परिवारका ५ अपांगका लागि जुट्यो ११ लाख रुपैयाँ ।

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

मंसिर २, राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 'धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,' उनले भने, 'सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।'

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।

अभिषेक-ऐश्वर्याको पहिलो सन्तान छोरी

कार्तिक ३०, अभिषेक-ऐश्वर्याको पहिलो सन्तान छोरी बलिउड चर्चित अभिनेत्री ऐश्वर्या रायले बुधबार छोरी जन्माएकी छन् । अभिषेक बच्चन-ऐश्वर्याको पहिलो सन्तान छोरी भएको बलिउड अभिनेता एवं हजुरबा भएका अमिताभ बच्चनले टि्वटरमा लेखेका छन् । अभिषेकले पनि छोरी आइन् भनेर टि्वट गरेका छन् । ऐश्वर्या केही दिनदेखि सेवन हिल्स अस्पतालमा भर्ना भएकी थिइन् । नयाँ सन्तानको स्वागतका लागि बच्चन परिवारमा भव्य तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छोरी जन्मिएको खबरपछि अभिषेक-ऐश्वर्या र हजुरबा अमिताभलाई बधाई दिनेको ओइरो लागेको छ । भारतीय सञ्चार माध्यमका अनुसार सेवन हिल्स अस्पतालमा सुरक्षा कडा पारिएको छ । साभार : ईकान्तिपुर डट कम

सवारी दुर्घटनामा दुई गम्भिर घाईते

कार्तिक २८, लालवन्दी पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी ५ मा आज भएको सवारी दुर्घटनामा दुइजना गम्भिर घाइते भएका छन् । दुर्घटनामा सिन्धुली रानीबास -२ घर भएका ६ बर्षिय सुशिल न्यौपाने र ५६ वर्षिय भोकराज न्यौपाने गम्भिर घाइते भएका हुन् ।  गम्भिर घाइते दुवैको लालबन्दीमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डू रिफर गरिएको छ । दुवैको अवस्था चिन्ताजनक रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रहरी सहायक निरिक्षक लेखनाथ पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिम गैरहेको बा २ ख ५८६० नम्बरको यात्रुवहाक बस टायर पन्चर भइ रोकिरहेको समयमा ओर्लिएका दुई यात्रुलाई अर्को दिशाबाट आइरहेको ना ४ ख ३१०१ नम्बरको बसले ठक्कर दिएको हो । ठक्कर दिने बस र चालक लालबन्दी प्रहरी चौकीको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । स्रोत : सिन्धुली दर्पण 

यात्रुबस सुनकोसीमा खस्यो

कार्तिक २७, सिन्धुपाल्चोको सुकुटे नजिकै आँपकोट ६५ किलो भन्ने स्थानमा आज बिहान भएको यात्रुबस दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा दोलाखाका अर्जुन खड्का रहेको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौँका लागि छुटेको बा २ ख ६२५९ नम्बर बस अरनीको राजमार्गको सडकबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् । विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा बस अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।

सिन्धुली लगायत देशका विभिन्न स्थानमा आज विहानै भूकम्प

कार्तिक २७, सिन्धुली  गोरखा सिन्धुली सिन्धुली लगायत देशका विभिन्न स्थानमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ । गोरखाको उत्तरी क्षेत्र केन्द्र विन्दु बनाएर विहान साढे ५ बजेको आसपासमा ५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौ लगायत नुवाकोट नवलपरासी चितवन तनँहु गोरखा पोखरा काभ्रे स्याङ्जा लगायतका ठाँउहरुमा महसुस गरिएको छ । भूकम्पपछि व्युँझिएका केही सर्वसाधारण घर छोडेर बाहिरिएका थिए । स्रोत : सिन्धुली दर्पण 

ऐतिहासिक सिन्धुलीगढीमा विजय उत्सव फोटो सहित

कात्तिक २४, सिन्धुली, ध्रुवचन्द्र खड्का सिन्धुलीमा विहीवार सिन्धुली गढी विजय उत्सव  मनाइएको छ । विसं १८२४ कार्तिक २४ गते अर्थात अंग्रेजी फौजलाई गार्खाली सपूतहरुले परास्त गरेको दिनलाई सिन्धुली गढी विजय उत्सवका रुपमा मनाईएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महसंघका केन्द्रिय महासचि ओम शर्माले देशको धरोहर तथा  गौरवताको पक्षमा लड्न सवैलाई आग्रह गर्नुभयो ।  राजनीतिक गुटको मात्र कुरा नगरि देशको गौरवमय इतिहास वचाउन सवै लाग्नुपर्नेमा जोड दिँदै वहाँले सिन्धुली गढी ऐतिहासिक धरोहरलाई संरक्षण गर्न सरकारले चासो नदिएको आरोप समेत लगाउनुभयो । नेपालका साँस्कृतिक तथा पर्यटकिय स्थलको संरक्षण तथा संवद्र्धन गर्नु सरकारको दायित्व भएपनि सरकारले चासो नदिएको उल्लेख गर्दै वहाँले भन्नुभयो ुयस्ता कार्यक्रमहरु सरकारको आयोजनामा हुनपथ्र्याे तर पत्रकार महासंघको आयोजनामा भएर अझ प्रभावकारी भयो ।

ट्रक त्रिशूलीमा खस्दा तीनको मृत्यु, एक बेपत्ता

कात्तिक २३,  नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको दारेचोक-४ मा आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा दुईजनाको घटनास्थमै मृत्यु भएको छ । मृतकमध्ये धनुषा घर भएका ५० वर्षीय उमेश्वर यादवको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर मेठिकल कलेजमा उपचारका क्रममा ज्यनान गएको प्रहरीले जनाएको छ । घटनास्थलमै ज्यान गएका दुईजनाको भने सनाखत हुन सकेको छैन । घटनामा एकजना बेपत्ता भएका छन् । बेपत्ताको खोजीका लागि बिहानैदेखि प्रहरी सक्रिय भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चितवन कठारका सन्तोष सुनार र नवलपरासीका जीवन विकको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको भैँसी लोड गरिएको ना.२ख ६९७१ नम्बरको ट्रक सडकबाट करिब १५० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्याक्सनको मृत्युमा डाक्टर दोषी

कार्तिक २२,  पप सम्राट माइकल ज्याक्सनको मृत्युमा उनका नीजि चिकित्सक डाक्टर कोनराड मरे दोषी ठहर भएका छन् । अमेरिकाको लस एन्जल्सको एक अदालतमा भएको अन्तिम सुनुवाइमा मरेले अन्जानमै ज्याक्सनको हत्या गरेको ठहर भएको हो हो । औषधिको अत्यधिक सेवनका कारण ज्याक्सनको सन् २००९ को जून २५ मा ज्यान गएको थियो । डाक्र मरेले ज्याक्सनलाई धेरै प्रोपोफोल औषधि खुबाएको दाबी गरिएको छ । तर मरेका वकिलले भने ज्याक्सनले डाक्टर नभएको बेला आफै औषधि खाएको जिकिर गरेका छन् । १२ जना न्यायिधसको इजलामा भएको अन्तिम सुनुवाइपछि फैसला सुनाइँदा ज्याक्सन चुपचाप बसिरहेका देखिन्थे । अदालत बाहिर ठूलो संख्यामा ज्याक्सनका र्समर्थकहरुले नाराबाजी गरिरहेका थिए । डाक्टरलाई अदालतले दोषी ठहर गरेपनि उनीहरुले खुसी मनाए ।

हिउँ चितुवा गणना सुरु

कार्तिक १८, कास्की  दुर्लभ बन्यजन्तु सूचीमा रहेको हिउँ चितुवा संरक्षणका लागि हिमालपारिको मुस्ताङबाट गणना अभियान थालिएको छ । मुस्ताङको जोमसोमस्थित भ्राप्सु, मुक्तिनाथ मन्दिर क्षेत्र, लुब्रालगायत खर्कहरूमा ९ वटा भिडियो क्यामेरा जडान गरी हिउँ चितुवा गन्न सुरु गरेको हो । कात्तिक १ देखि ७ गतेसम्म यी क्षेत्रमा क्यामेरा जडान गरी संरक्षणका लागि गणना सुरु गरिएको छ । अभिायनमा हिउँ चितुवा विशेषज्ञ करन शाह, सोम आले, प्राकृतिक स्रोत संरक्षण अधिकृत राजकुमार गुरुङलगायत सम्मिलित छन् । गैंडा, बाघको गणना थालिए पनि लोप हुँदै गएको हिउँ चितुवा अहिलेसम्म कतैबाट पनि गणना हुन सकेको थिएन । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्नोलियोपड कन्जरभेन्सी तथा डिजनीलगायत संरक्षित संस्थाको पहलमा गणना भएको हो ।