Skip to main content

Posts

Showing posts from September, 2011

सिन्धुलीमा केराको माग वढ्दो

१३ असोज, दसैंको चहलपहलसंगै सिन्धुलीमा केराको माग बढेको छ । घटस्थापनाका बेला ब्रत बस्ने र पुजाआजा गर्नेहरु बढी हुने हँुदा केराको माग देाब्बर भएको हो । माढीबजार ढंुग्रेबास  खनियाखर्क  खुर्कोट लगायतको स्थानमा फलफुल बेच्ने  थोक व्यवसायीहरु अहिले केराको माग बढेपछि व्यापारले गति लिँदा उत्साहित छन् । उनीहरुलाई अहिले केरा बेच्ने चटारो छ ।माग बढेकोले उनीहरुले सिन्धुलीका बिभिन्न ग्रामिण भेगहरुबाट केरा किनेर ल्याउने गरेका छन्  । पहिले दैनिक १० दर्जनको हाराहारीमा बिकि्र हुने केरा अहिले  अहिले दिनमा ३० दर्जनसम्म बिक्री हुन थालेको व्यापारीहरुले बताएका छन् । अझै माग बढ्नसक्ने अवस्था भएकोले आवश्यक प्रबन्ध मिलाइसकेको उनीहरको भनाइ छ ।

सिन्धुलीको मिठाइमा केमिकल, "खायो कि पछुतायो"

१२ असोज, जिल्ला अनुगमन समिति सिन्धुलीले अनुगमन कार्यलाई तिव्रता दिएको छ । समितिले बुधवार गरेको अनुगमनका क्रममा विभिन्न होटल तथा किराना पसलवाट गुणस्तरहिन तेल तथा अखाद्यवस्तु फेला पारेको छ । कमलामाइ नगरपालिकाको वडा नं। ६ र ९ का होटल र किराना पसलमा अनुगमन गरेको थियो । एउटा किराना पसलवाट शंकास्पद खानेतेल बरामद गरि गुणस्तर परिक्षणका लागि हेटौँडा लगिएको बताइएको छ । अनुगमनका क्रममा ५ वटा होटलवाट मिठाइमा प्रयोग गरिने हाइव्रो केमिकल वरामद गरिएको छ । उक्त केमिकल सावुन वनाउन प्रयोग गरिने क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँडाका निर्देशक कौशल ओझाले जानकारी दिनुभयो । जिल्ला अनुगमन समिति सिन्धुली जिल्ला प्रहरि कार्यालय उपभोक्ता माच सिन्धुली र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाका निर्देशक कौशल ओझाको टोलीले बजार अनुगमन गर्दा यस्तो फेलापरेको हो । अवका दिनमा यस्ता अखाद्य वस्तु प्रयोग नगर्न तथा स्वास्थ्यमा  असर पर्ने केमिकल प्रयोग नगर्न एकपटकलाइ सचेत गराइएको जिल्ल्ाा प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । साभार:  सिन्धुली दर्पण

आज घटनास्थापना, बडादशैँ नजिकिदै

आश्विन ११, हिन्दु नेपालीहरुको महान चार्ड  बडा दशैँ आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै ।  घटस्थापना गर्ने शुभ सहित  आज विहान १० बजेर  २७ मिनेटमा रहेको नेपाल पंचांग निर्णयक समितिले जनाएको छ । आज हिन्दु धर्मावलम्वीहरुले आ आफ्नो  पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।

आचार्य

आश्विन १०, गायक तथा संगीतकार भक्तराजराज आचार्यको जीवनकथामाथि निर्माता रोशन राईले निर्माण गरेको चलचित्र 'आचार्य'को गत बुधबार विशेष प्रदर्शन गरियो । आज शुक्रबारदेखि देशभर सार्वजनिक हुने उक्त  चलचित्रका निर्देशक प्रशान्त रसाइली हुन् । निर्देशक रसाइली बलिउडका अब्बल निर्देशक अनुराग वासुका मुख्य सहायक निर्देशक पनि हुन् । उनी ऋतिक रोशनद्वारा अभिनित चलचित्र 'काइटस्'मा निर्देशक  वासुका मुख्य सहायक थिए । सिक्किमका निर्माता तथा निर्देशकको प्रयासबाट निर्माण भै प्रदर्शन हुन लागेको उक्त चलचित्रलाई शैलेन्द्र कार्कीले खिचेका हुन् ।

नगर क्याम्पस स्तरीय खुल्ला गजल प्रतियोगिता सम्मपन्न

असोज ६ , विजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा गजल सरोवर सिन्धुली तथा शिद्घज्योति शिक्षा क्याम्पसद्वारा आयोजित नगर क्याम्पस स्तरीय खुल्ला गजल प्रतियोगिता आज सिन्धुलीमाढीको श्री जनज्योति उच्च मा. वि. फोस्रेटारमा सम्मपन्न भएको छ । उक्त आयोजित कार्यक्रममा  सभापतिका रुपमा  शिद्घज्योति क्याम्पसका विद्यार्थी  संझना भ्लोन हुनुहुन्थ्यो भने प्रमुख अथितिका रुपमा उक्त श्री जनज्योति उच्च मा.वि फोस्रेटारका प्राचार्य भीम विक्रम थापा हुनुहुन्थ्यो, कार्यक्रम संचालकमा शिद्घज्योति शिक्षा क्याम्पसका गजल सरोवरका अध्यक्ष्य रामकुमार पोखरेल र त्यसै गजल सरोवर सिन्धुलीका अधक्ष्य बरुण लामिछानेको पनि उपस्थित थियो । 

'सबै दुखाइ मुटुको समस्या होइन'

काठमाडौ, आश्विन ३ -  कान्तिपुर पब्लिकेशन मा सोमबार स्वास्थ्य शिविरमा  संलग्न नर्भिक अ स्पताल्का चिकित्सक टोलि   तपाइ, तपाईंको परिवार वा छिमेकमा हृदयाघातको लक्षण देखिए तुरुन्त दुई चक्की दुखाइ नाशक 'एस्पि्रन' खाएर अस्पताल जान चिकित्सकहरूले सल्लाह दिएका छन् । यसो गरे हृदयाघातबाट बाँच्ने सम्भावना २५ प्रतिशतले बढ्ने उनीहरूले बताएका हुन् ।'तपाइ आफूलाई नभए छिमेकीलाई सहयोग गर्न घरमा दुखाइ नाशक एस्पि्रनको चक्की राख्नुस्,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. भारत रावतले कान्तिपुर पब्लिकेसन्समा मुटुरोगबारेको प्रवचनमा भने- 'यो अति सामान्य कुरा भए पनि धेरैको ज्यान जोगाउन सक्छ ।' हृदयाघातको लक्षण देखिए जति छिटो सुविधासम्पन्न अस्पतालमा पुग्ने पहिलो प्राथमिकता भए पनि यो समस्या आउन नदिने जीवनशैलीमा परिवर्तन भने महत्त्वपूर्ण रहेको उनले बताए ।

सिँधुलीगडी : फिरंगी हटाई लुटिपीटि चाँडो

जगदीश घिमिरे- सिँधुलीमा फिरंगी आइलाग्दा असोज १५ नेपाली इतिहासको एक गौरवमय दिन हो। संवत् १८२४ साल असोज १५ गतेको दिन सिँधुलीमा फिरंगी आइलागे र तिन्लाई गोर्खाली सेनाले हराएर भगाए। फिरंगीलाई कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खाली राजा पृथ्वीनारायण शाहलाई हराउन हारगुहार गरेर बोलाएका थिए। गोर्खाली सेनाले फिरंगी सेनालाई सिँधुलीगडीको दक्खिन मुहुडाको ठाडो उकालाका अक्करहरूमा भएको युद्धमा हराएर भगाए। त्यसको ४७ वर्षसम्म फिरंगीले मुन्टो उठाएर नेपालतिर हेर्ने आँट गरेन।

खुर्कोटमा स्ल्यासको बोतलमा लेउ भेटियो

३ अशोज, सुरेश बिडारी, सिन्धुली/ सिन्धुलीको खुर्कोटमा स्ल्यासको बोतलमा लेउ भेटिएको छ । राजधानी काठमाण्डु कोटेश्वर सिनामङ्गलमा रहेको बरुन वेभरेज नेपाल प्रालीद्वारा उत्पादित स्ल्यासको बोतल भित्र लेउ भेटिएको हो । खुर्कोट -५ पलाँसेमा रहेको पसलबाट किनेको स्ल्यास पीउन खोज्दा लेउ देखिएको क्रेता अनिल दहालले जानकारी दिनुभयो । सिन्धुलीमाढीको हिमशिखर डिलरबाट हिजैमात्र खरिद गरेर ल्याएको स्ल्यासमा लेउ देखा परेकोले आफू पनि अच्चमित भएको पसल संचालक शान्ता श्रेष्ठले बताउनुभयो । बोतलमा सन् २०११ जुलाई २८ तारिख उत्पादन मिति लेखिएको छ । स्रोत : माई सिन्धुली दर्पण डट कम 

मनाइयो चलचित्र दिवस

काठमाडौ, आश्विन २ नेपाली चलचित्रकर्मीका लागि आइतबार महत्त्वपूर्ण दिन सावित भयो । चलचित्र विकास बोर्डले असोज १ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरेपछि उनीहरू पहिलोपटक दिवसका लागि जुटे । बिहान प्रभातफेरीसँगै सभा गरे, साँझ वसन्तपुरमा दीपावली । नयाँ र पुराना पुस्ताका चलचित्रकर्मी बिहान आठ बजे नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए प्रभातफेरीका लागि । दिवसकै नाम अंकित टिसर्ट लाएका चलचित्रकर्मीको र्‍याली पुतलीसडक हुँदै रत्नपार्कस्थित शान्तिबाटिका पुगेर सभामा बदलिएको थियो ।

६.९ रेक्टरको भूकम्प

काठमाडौ, आश्विन २ नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रविन्दु भई आइतबार ६ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पले नेपालमा ५ जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । भारतमा ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । बेलुकी ६ बजेर २५ मिनेटमा डेढ मिनेटसम्म गएको भूकम्पको असर नेपालभर परेको छ ।  शक्तिशाली भूकम्पका कारण राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा त्यसले चेपिएर तीन जनाको मृत्यु भएको छ । धरानमा घर भत्किँदा पुरिएर दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीका अनुसार  दूतावासको पर्खाल भत्कँदा गाडीमा सवार ३६ वषर्ीय साजन श्रेष्ठ र उनकी आठ वषर्ीया छोरी अनिशाको ज्यान गएको हो । पर्खाल भत्किएपछि बा ६च ६४० नम्बरको कारमा रहेका बाबुछोरीको च्यापिएर ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले बताए । यस्तै बा १० प ४७१८ नम्बरको मोटरसाइकलमा रहेका सिन्धुलीका वीरबहादुर माझीको समेत ज्यान गएको छ । उनीहरू तीनै जनाको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बेहोस भई अस्पताल आएका थप चार

सिन्धुलीमाढीमा क्रान्तिका जागरण जनसंगीत अभियान

कार्यक्रमको एक झलक  सिन्धुली, भाद्र ३० क्रान्तिका लागी जागरण जनसंगीत सांस्कृतिक कार्यक्रम लिएर आएको जनसास्कृतिक महासंघका महासचिव माइला लामा सिन्धुली आइपुगेका छन् । माओवादी पार्टी भित्र प्रचण्डको हुकुम नचल्ने दावी गरेका छन् । जनसास्कृतिक सास्कृतिक कार्यक्रम अभियान कार्यक्रम गर्न आएका माओवादीका कलाकार माइला लामाले पत्रकार सम्मेलनमा पाटी भित्र उठेका तीन विषयहरु विकृति, विखण्डन, शान्ति र संविधानको विषयमा जनतालाई जानकारी दिने उद्देश्यले सास्कृतिक कार्यक्रम गरृको उनले बताए । 

सिन्धुलीमा निशुल्क आँखा शिविर

सिन्धुली, भाद्र २९ तीन  दिने निशुल्क आँखा शिविर आज देखी सिन्धुलीमाढीमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाको आयोजना एबं तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं  जानकी आँखा अस्पताल जनकपुर र हेटौडा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको सिबिरमा आज २९५ जना आँखा बिरामिहरुले जाच गरेका छन् । आँखा जाच गराउनेमद्ये ८० जनामा मोतियाबिन्दुको समस्या देखिएको नेपाल रेडक्रस सोसाईटि सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले बताउनुभयो । साथै उनिहरुको आँखाको अप्रेशन भोलि गरिने समेत उहाँले जानकारी दिनुभयो । आँखाका अन्य रोगिहरुलाई पनि आजै औषधि बितरण गरिएको छ । शिबिरमा सिन्धुली जिल्लाका अधिकांस गाबिस  छिमेकि जिल्लाहरु रामेछाप  महोत्तरि  सर्लाहिबाट पनि बिरामिहरु आउने गरेका छन् । शिबिर पसिसम्म संचालन हुने आयोजकले बताएका छन् । स्रोत: माईसिन्धुली दर्पण डट कम

टेलिकमद्वारा ६ सयमै स्काई फोन

काठमाडौ, भाद्र २९  नेपाल टेलिकमले दसैंतिहारको अवसर पारेर आफ्ना सेवाको शुल्क कटौती गरेको छ । टेलिकमले सिडिएमए स्काई फोन लिँदा सुरुमा तिर्नुपर्ने शुल्क ६ सय रुपैयाँमा झारेको छ ।'६ सय रुपैयाँ तिरेर सिम लिँदा ५ सय रुपैयाँ बराबरको कुराकानी गर्ने सुविधा उपभोक्ताले पाउने छन्,' प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने । यसअघि कम्पनीले १ हजार १ सय ३५ रुपैयाँमा यो सेवा दिँदै आएको थियो । जसमा ५ सय रुपैयाँ बराबरको कुराकानी गर्ने सुविधा छ ।

BBC नेपाली सेवा

BBC नेपाली सेवा प्रत्यक्ष सुन्नुहोस । हजुरले प्रयोग गरिरहनु भएको इन्टरनेटको स्पिड अनुसार FM बज्न केही समय लाग्ने हुदाँ एकछिनै कुर्नुहोला । बज्दा बज्दै रोकिएमा Play Button मा क्लिक गर्नुहोला । यदि त्यसो गर्दा नि Play नभएमा Refresh Button मा क्लिक गर्नुहोला ।

सिग्नेचरको बोतलमा नक्कली मदिरा

ललितपुर, भाद्र २८   बजारमा ब्रान्डेड बोतलमा नक्कली मदिरासमेत बिक्री हुने गरेको भेटिएको छ । प्रहरीले ललितपुरग्वार्कोको सिन्धु ट्रेडिङ एन्ड सप्लायर्सको गोदाममा छापा मारी सिलबन्दी र स्टिकरबिनाका सिग्नेचरका बोतल बरामद गरेको हो ।गोप्य उजुरीका आधारमा छापा मारी मदिरा बरामद भएको ललितपुर प्रहरी परिसरका नायब उपरीक्षक रमेश बस्नेतले बताए । 'बरामद भएको बोतल छानबिनका लागि आन्तरिक राजस्व विभागमा पठाएका छौं,' उनले भने, 'त्यसबाट छानबिनपछि थप कारबाही अघि बढ्नेछ ।' बरामद मदिरा करिब एक लाख रुपैयाँ बराबरको भएको प्रहरीको भनाइ छ । सप्लायर्सका सञ्चालक सिन्धुपाल्चोकका तारानाथ दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोडसेडिङ अब हप्तामा १८ घण्टा

काठमाडौ, भाद्र २८ नेपाल विद्युत प्राधिकरणले भोलि(बिहीबार)देखि लोडसेडिङको समय बढाउने भएको छ । सातामा १२ घण्टा हुँदै आएको लोडसेडिङलाई हप्तामा १८ घण्टा पुर्‍याएर प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेको छ ।नयाँ तालिका अनुसार सोमबार ४ घण्टा, बिहीबार र शुक्रबार दैनिक ३ घण्टा र बाँकी चार दिन दैनिक २ घण्टाका दरले लोडसेडिङ हुनेछ । यसअघि सातामा ६ दिन २ घण्टाका दरले लोडसेडिङ हुँदै आएको छ । बढी चुहावट हुने फिडरहरुमा लोडसेडिङ बढी हुनेछ । स्रोत: ईकान्तिपुर डट कम 

नेपालीले बनाएको साइटमा फेसबुकको सुविधा

काठमाडौ, भाद्र २१  कार्यालयमा फेसबुक चल्दैन ? टि्वटर र फेसबुकको मज्जा एउटै साइटबाट लिन मन छ ? यस्तो हो भने अब तपाईका लागि एक नेपाली विद्यार्थीले बनाएको वेबसाइट उपयोगी हुन सक्छ । कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी २१ बर्षे सुनिल चापागाईले फेसबुक र टि्वटरको विषेशतासहितको सामाजिक सञ्जाल मेरोपोस्टडटकम सार्वजनिक गरेका छन् । जसमा तीबाहेकका विषेशता समेत समेटिएका छन् ।

माओवादी नेतालाई सुनाएको फैसला फिर्ता गर्न प्रधानमन्त्रीद्वारा कुटनीतिक प्रयास सुरु गर्दै

२७ भदौ, काठमाडौ/ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले माओवादीका ११ जना केन्द्रिय र क्षेत्रिय स्तरका नेताविरुद्ध भारतको पटना उच्च अदालतले सुनाएको कैद र जरिवानाको सजाँय फिर्ता गराउन कुटनीतिक पहल सुरु गर्नु हुने भएको छ । प्रधानमन्त्रीले आज पौने १२ बजे नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादलाई छलफलका प्रधानमन्त्री कार्यालय िसंहदरबारमा बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिनु भएको छ । प्रधानमन्त्रीले भेटमा पुरानो सन्दर्भको मुद्धामा माओवादी नेता तथा कार्यकर्तालाई आम माफि दिने प्रकृया थाल्ने बारेमा छलफल गर्नु हुने भएको छ । स्रोत: माई सिन्धुली दर्पण डट कम  

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

सिन्धुलीमा यो वर्ष जुनार उत्पादन २० प्रतिशतले बढ्ने

२२ भदौ, अघिल्लो वर्षको तुलनामा यस वर्ष सिन्धुलीमा जुनारको उत्पादन २० प्रतिशतले बृद्धि हुने भएको छ । जुनारको लागि यस वर्ष मौसम अनुकुल हुनु र किसानहरुले समयमै जुनारमा लाग्ने किरा नियन्त्रण गरेकाले जुनार उत्पादनमा बृद्धि हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जुनारको बोटमा जुनारको साइज आइसकेकोले पनि जुनार उत्पादनमा बृद्धि हुने पक्का भएकॊ जुनार विकास संघ सिन्धुलीले बताएको छ ।

वेलघारी अस्पतालका डाक्टर बिहिन

भाद्र २२, सिन्धुली   सिन्धुलीको बेलघारीस्थित  क्षेत्रिय अस्पताल डक्टर बिहिन हुदा स्थानीय बिरामीहरुलाई समस्या परेको छ । अस्पतालका डाक्टर प्रसान्त सर्मा बिगत ६ महिनादेखि अस्पतालमा नहुदा बिरामिहरुलाई समस्या भएको हो । बेलघारीमा अहिले टाउको दुख्ने  ज्वरो आउने  झाडापखाला लगायतका बिरामिको चाप पनि उत्तिकै बढ्दो छ तर कार्यालयमा डाक्टर नहुदा उनीहरुलाई स्वास्थ्य सेवा उपभोग गर्न समेत समस्या भएको छ ।  कतिपय बिरामीहरु स्वास्थ्य परिक्षणका लागि सिन्धुली सदरमुकाम आउने गरेको स्थानीय धनबहादुर मोक्तानले जानकारी दिनुभयो । १३ जनाको दरबन्दि रहेको उक्त अस्पतालमा हाल ६ जनामात्र कर्मचारीहरु रहेका छन् । बेलघारीमा रहेको उक्त अस्पतालमा भिमस्थान  मझुवा  बालाजोर  लंगुरखोला  चकमके छर्छरे लगायतका स्थानका बिरामिहरु उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ ।  स्रोत: सिन्धुली दर्पण 

इकु फेरि आउँदै

भाद्र २२, काठमाडौं हास्य शृखंला 'मेरी बास्सै' मा जंगली मान्छे 'इकु' बनेपछि चर्चा बटुलेका सुलेमान शंकरले लगत्तै 'इकुः द जंगल म्यान' बनाएर पैसा पनि बटुले । अहिले उनैले बनाएको उक्त फिल्मको सिक्वेल 'इकुः ब्याक अगेन' रिलिजको तरखरमा छ । सागर लामिछाने निर्देशित फिल्म प्रदर्शनका लागि तयार भइसकेको सुलेमानले बताए ।

विश्व विद्यालयद्वारा लाम्पान्टार क्याम्पसलाई ४३ लाख ५५ हजार अनुदान

२० भदौ, सिन्धुलीको लाम्पान्टार बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट  ४३ लाख ५५ हजार अनुदान पाएको छ । विश्व बैंकले उच्च शिक्षालाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत आज डी स्प्रिम अन्तर्गतको रकम प्राप्त गरेको हो । यसअघि पनि सिन्धुलीका विभिन्न १२ क्याम्पसहरुले ४० लाख बराबरको अनुदान पाएका थियो । अनुदान पाउने अरु क्याम्पसहरुले पनि भौतिक पूर्वाधारको विकासको लागि १० देखि २० लाखसम्मको सहयोग पाउने सम्भावना नेपाल पब्लिक क्याम्पसका केन्द्रिय सदस्य प्रदीप कटुवालले जानकारी दिनुभयो । स्रोत: सिन्धुली दर्पण

फोटो फिचर

माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई आज सिन्धुली आउदै

एकीकृत माओवादी अध्यक्ष प्रचण्ड  र प्रधानमन्त्री तथा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई आज सिन्धुली आउनु हुने  भएको छ । सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिसभामा सहभागी हुन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराई सिन्धुली आउन लाग्नु भएको हो ।  सिन्धुली घर भएका कुँवर र गौतम २०६१ सालमा सिराहमा मारिनु भएको थियो । सिन्धुली सदरमुकाममा हुने सभालाई सम्बोधन गर्न दुई नेता सहित नौं जनाकेा टोली मध्यान्ह १२ बजे आउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गङ्गा श्रेष्ठले जानकारी दिनुभयो । स्रोत: सिन्धुली दर्पण

दुई दशक श्रीकृष्णका

भाद्र १७, काठमाडौ कृष्ण मेडिकल' नरदेवीको आपनै पसलमा रुघाखोकीका गोलीको दाम कण्ठ पारेर बसेका बेला श्रीकृष्ण श्रेष्ठले हिरो बनौंला भन्ने सोचेका थिएनन् । उनको सपना आर्मी अफिसर बन्ने थियो, बुबाको वकिल बनाउने । जीवन सोचेभन्दा धेरै नसोचेका प्रश्नहरूको जटिल हिसाब हो जसमा धेरै सोचिएका उत्तर गलत निस्किन्छन्, केही थाहै नपाई सही हुन्छन् । प्रज्ञा प्रतिष्ठानमा एउटा नाटक खेलेपछि श्रीकृष्ण फिल्मी संसारको भुमरीमा पसे । बढेको भेलले भुमरीमा काठका मुढो नचाएजसरी क्यामेरा र लोकेसनको चक्करले उनलाई नचाउन थाले । फिल्मी कीराले नटोकीकनै हिरो बनेका श्रीकृष्णले सबभन्दा राम्रो नाच्ने हिरोको छवि लिएर फिल्ममा २३ वर्ष बिताए । फिल्मी पर्दामा वकिल बनेर बुबाको इच्छा पूरा गरे, नयाँ फिल्ममा उनको पुरानो सपना पूरा हुँदै छ ।

चट्याङबाट एकको मृत्यु, सात घाइते

चौतारा, भाद्र १७ - अविरल वर्षासँगै परेको चट्याङबाट सिन्धुपाल्चोक जिल्लाको छुट्टाछुट्टै स्थानमा एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीले दिएको जानकारी अनुसार शुक्रबार बेलुका परेको चट्याङबाट पिस्कर गाविस–८ का ४८ वर्षीया कृष्णदेवी खड्काको घटना स्थलमै मृत्युभएको छ । घाइते हुनेहरुमा सोही वडा निवासी ५३ वर्षीया देवीकुमारी भण्डारी, चार वर्षीया कृपा थामी, छ वर्षीया उषा पाण्डे, ५४ वर्षीया गीता खड्का, धुसकुन गाविस–७ का २८ वर्षीय लोकहरि न्यौपाने, १३ वर्षीया अमृता बस्नेत र बतासे गाविस–८ का ४२ वर्षीया पासाङ लामा छन् । घाइतेहरुको चौतारा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

राज्य पुनः संम्रचनामा विवाद

१७ भदौ, काठमाण्डौ  दलहरुबीच राज्यपुनसर्ंरचना आयोग बनाउने या नबनाउने भन्ने विषयमा विवाद चर्किएको छ । आज बसेको संबैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिको बैठकमा राज्यपुनसंरचना आयोग बनाउने अथवा विज्ञहरुको टोली सम्मिलित संयन्त्र बनाउने भन्नेमा विवाद भएपछि राज्य पुनसंरचनाको बिषय टुंगो लाग्न सकेन ।  बैठकमा एकीकृत माओवादी एमाले सहित मधेशवादी दहरुले विज्ञहरुको टोली सम्मिलित टोली बनाएर टुंगो लगाउनु पर्ने बताएका थिए । तर काङ्ग्रेसले राज्य पुनसर्ंरचना आयोग नै बनाउनुपर्ने अडान नछोडेपछि विवाद समाधान हुन नसकेको समितिका सदस्य कल्पना राणाले जानकारी दिनुभयो ।  नयाँ सरकार गठन भएपछि आज पहिलोचोटी उपसमितिको बैठक बसेको हो। http://www.mysindhulidarpan.com   बाट सभारित 

वैदेशिक रोजगार व्यवसायीले आज कालो दिनको रुपमा मनाउँदै

१६ भदौ,काण्ठमाण्डौ वैदेशिक रोजगार व्यवसायीहरुले आज कालो दिनको रुपमा मनाउँदै छन् । रोजगारीका लागि इराक गएका १२ जना नेपालीको हत्या गरेको विरोधमा २०६१ साल भदौ १६ गते नेपालका म्यानपावर कम्पनीमाथि तोडफोड र क्षति पुर् याएको विरोधमा व्यवसायीले आजको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् । इराकमा नेपाली मारिएको विरोधमा ३ सय ५० वैदेशिक रोजगार संस्थामा आगजनी लुटपाट र तोडफोड गरी करीब ८० करोड रुपियाँ बराबरको क्षति पुर् याइएको थियो । घटनाको छानविनका लागि सरकारले टोपबहादुर िसंहको अध्यक्षतामा गठन गरेको समितिले तयार गरेकॊ प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन । http://www.mysindhulidarpan.com  बाट सभारित...

सिन्धुलीगढी घुमेर हेर्दा– कृष्ण विक्रम थापा

सिन्धुली जिल्लाको भुमिमा जन्मनु भएको स्रष्टा कृष्ण विक्रम थापा एक प्रख्यात गायक हुन् । उनले सिन्धुली जिल्लाको बारेमा रचिएका रचनालाई उनले संगितबद्घ आफ्नै स्वरमा गाउनु भएको छ । उनले गाएका गीतहरु हाम्रो राष्ट्र नेपालमा नै गुन्जिएको छ । उहा अहिले हामी माझमा त हुनुहुन्न् तर उहाले छाडेर जानु भएको गीत हामी आम नेपालीको ओट मनमा गुन्जि रहेको छ । उहाले गाउनु भएको एक गीत सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माइ कतिमा  राम्रो दरवार मा¥यो नि मायाले मा¥यो..... Posted by Kushal Shrestha

दोस्रो पटक थपिएको संविधानसभाको म्याद सकियो

१४ भदौ काठमाण्डौ आज भदौ १४, अर्थात दोस्रो पटक संविधानसभाको म्याद थपिएको तीन महिना पूरा भएको छ । तोकिएको दुई वर्ष र थपिएको एक वर्षमा संविधान निर्माणको काम पूरा हुन नसकेपछि गएको जेठ १४ को मध्यरातमा दलहरुबीच पाँच बुँदे सहमतिपछि संविधानसभाको म्याद दोस्रो पटक थपिएको थियो ।  दोस्रो पटक थपिएको समयमा समेत दलहरुले शान्ति प्रकि्रया र संविधान निर्माणको काम गर्न नसकेपछि संविधानसभाको म्याद सकिनु दुईदिन अघि नै फेरि भदौ १२ गते तीन महिनाका लागि संविधानसभाको म्याद तेस्रो पटक थपिइसकेको छ ।  दलहरुबीच शान्ति प्रकि्रयाको काम पहिले वा संविधान निर्माणको काम पहिले भन्नेमा विवाद जारी रहेको बेला झलनाथ खनाल नेतृत्वकेा सरकारले राजिनामा दिएपछि सरकार गठनमा केन्द्रीत भएका थिए । http://www.mysindhulidarpan.com  बाट सभारित